रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

क्यालिफोर्निया । क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस वारुणयन्त्र कार्यालयले जनाएको छ । घाइते भएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनापछि रेलमा यात्रारत एक सय २५ सकुशल रेलबाट ओर्लिएर आफ्नो गन्तव्यतर्फ गएका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया