NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

पेटमा ग्यास किन भरिन्छ ?

एजेन्सी । आयुर्वेदमा स्वास्थ्य बिग्रिनुका तीन मुख्य दोष छन् पित्त, कफ र वात। वात भनेको हावा वा ग्यास हो। आयुर्वेदका अनुसार यी तीन दोषहरू शरीरमा हुने सबै रोगहरूको मूल कारण हुन्।

बदलिँदो जीवनशैलीमा मानिसहरु अस्वस्थकर खानेकुरा खान थालेका छन् । जसका कारण ठूलो संख्यामा व्यक्तिमा ग्यासको समस्या देखिएको छ । ग्यासको समस्या पेटको मात्र समस्या भने हैन । यसले अन्य धेरै रोगहरू पनि निम्त्याउन सक्छ।

अब गर्मी मौसम नजिकिदैं छ । गर्मीयाममा ग्यास र कब्जियतको समस्या बढेर जान्छ । त्यसैले यो समस्याबाट बच्न सही आहार लिन आवश्यक छ । पेटमा ग्यास ब्याक्टेरियाका कारण जम्मा हुन्छ । हाम्रो पेटमा दुई प्रकारका ब्याक्टेरिया हुन्छन् । राम्रो ब्याक्टेरिया र नराम्रो ब्याक्टेरिया । सामान्य अवस्थामा राम्रो ब्याक्टेरियाले सहि मात्रामा ग्यासका कणहरु बनाउँछ जसले पेटमा भएका खाना पचाउने काम गर्छ ।

केही खानेकुरा र पेय पर्दाथले भने पेटमा ग्यासको दर बढाउँछ । जसले सानो आन्द्रा फूल्ने र पेट दुखाउने गर्छ । धेरै पटक ग्यासको समस्या हुँदा शरीरको अन्य भागमा पनि त्यसले असर गर्छ । जब हामी सहजै पच्न नसक्ने खाना खान्छौं, त्यसले शरीरमा बढी ग्यास उत्पादन गर्न थाल्छ । अहिलेको समयमा अधिकांश मानिस खाना पचाउन सक्दैनन् ।

उनीहरुको पाचन प्रणाली कमजोर छ । जसले उनीहरुलाई केही खाएपछि पेटमा समस्या देखिन थाल्छ । पाचन प्रणली कमजोर भएका व्यक्तिले दूध, प्याज, मूला, बैंगन, काकडी, सिमी, कागती, किडनी बीन्स, कोलोकेसिया, सिट्रस फ्रुट्स, चिया कफी र सोडा जस्ता चीजहरूले कम खानु पर्छ । यसले ग्यास बढाउँछ ।

सामान्यतया खानेकुराको सन्तुलन नमिल्दा पनि ग्यासको समस्या हुन्छ । यसको लागि तपाईले खाएको खाना पच्न जरुरी छ । चिकित्सकहरुका अनुसार स्वस्थ व्यक्तिलाई दिनमा १४ देखि २० पटक ग्यासको समस्या हुन्छ । तर हामीले उपभोग गर्ने खानेकुरा वा पेय पदार्थले ग्यास उत्पादनको दर बढाउँदा समस्या उत्पन्न हुन्छ। जसका कारण अपच, वाकवाकी लाग्ने, दुखाइ र वान्ता हुने समस्या पनि हुन सक्छ। त्यस्तै धेरै

समय नखाँदा पनि पेटमा ग्यास बन्ने गर्छ । लामो समयसम्म खाना नखाँदा पेटमा ग्यास बढदै जान्छ । अर्कोतर्फ बारम्बार वा अत्याधिक खाना खाँदा पनि पेटमा ग्यास बढ्छ। छिटो खाना खाँदा बाहिरको हावा पेटमा जान्छ ।

सन्तुलित र सही खाना खाँदा पनि धेरैलाई ग्यासको समस्या हुन्छ । हतारमा खाना खाँदा पनि यस्तो हुन सक्छ । छिटो खाना खाँदा मसलासँगै बाहिरको हावा पनि पेटमा जान्छ र त्यहीँ अड्किन्छ । जसले गर्दा ग्यासको समस्या हुन्छ । त्यसैगरी सफ्ट वा कार्बोनेटेड पेय पदार्थ सेवन गर्दा पनि ग्यासको समस्या बढ्न सक्छ । फास्टफुड खाँदा पेटमा ग्यास आउँछ ।