NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सिंहदबार प्रवेशका लागि फोटो र अवधिसहितको पास वितरणको तयारी

काठमाडौं । सरकारले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारमा प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ ।

पास वितरण तयारी गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा बसेको बैठकले कम्प्युटर प्रणालीमा आधारित फोटो र अवधिसहितको पास वितरण गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिएको बताइएको छ ।

उक्त बैठकले सिंहदरबारको पश्चिम प्रवेशद्वारबाहेक अन्य प्रवेशद्वारबाट कर्मचारीलाई प्रवेश गर्न र बाहिर जाने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको जनाइएको छ ।