NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

विश्वका धनी अर्बपतिको सूचीमा गौतम अडानी कति नम्बरमा पुगे ?

काठमाडाैं । गत जनवरी २४ मा प्रकाशित हिंडनबर्ग प्रतिवेदनको प्रभावले गौतम अडानीको सम्पत्ति एक महिनाभित्र करिब ८० अर्ब डलरले घटिसकेको छ । उक्त रिर्पोटपछि उनी विश्वको धनी अर्बपतिको चौथो नम्बरबाट खसेर टप–१० र त्यसपछि टप–२० र टप–३० बाट समेत बाहिरिएका थिए ।

एक महिनाभन्दा बढी समयदेखि अर्बपतिको सूचीमा दिनहुँ चिप्लिएपछि अन्ततः गौतम अडानीले थोरै राहत पाएका छन् । हिजो मंगलबार जस्तै बुधबार पनि अडानी समूहका कम्पनीको सेयरमा भारी वृद्धि भएको कारण अडानीको सम्पत्ति बढेको छ । पछिल्लो २४ घण्टामा अडानीको कुल सम्पत्ति २.१९ अर्ब डलरले बढेको छ र उनी अर्बपतिको सूचीमा चार स्थान माथि उक्लिएर ३० औं स्थानमा पुगेका छन् ।

एसएनपीले अडानी ग्रीन इनर्जीलाई अनुगमनबाट हटायो

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार यो समाचार लेख्दासम्म गौतम अडानीको कुल सम्पत्ति ३९.९ अर्ब डलर पुगेको थियो ।

हिंडनबर्गको कारण ठूलो नोक्सानी

हिंडनवर्गको प्रभावका कारण गौतम अडानीको सेयरमा सुनामी नै आएको थियो । उनले दैनिक करिब ३ अर्ब डलरको नोक्सानी बेहोर्नुपरेको थियो । सेयरमा आएको गिरावटको कारण अडानस् समूहको बजार पुँजीकरण पनि १०० अर्ब डलरभन्दा तल झरेको छ । यस प्रतिवेदनका कारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर परेकोले डीबी पावर, पीटीसी इन्डिया र ओरिएन्ट सिमेन्टसँगको सम्झौता खोसिएको छ । यति मात्र होइन, उनले आफ्नो २० हजार करोड रुपैयाँ फलो अन पब्लिक अफर (एफपीओ) पनि निकाल्नु परेको थियो।