सर्वोच्चको निर्णयमा गाैतम अडानीको ट्वीट: ‘सत्यको जीत हुनेछ’

एजेन्सी। हिंडनवर्गले अडानी समूहमाथि लगाएको आरोपको छानबिन गर्न भारतको सर्वोच्च अदालतले ६ सदस्यीय समिति गठन गरेको छ । यससँगै सेयरमा भएको अनियमितताको छानबिन प्रतिवेदन २ महिनाभित्र पेस गर्न सेबीलाई निर्देशन दिइएको छ ।
भारतीय उद्योगपति गौतम अडानीले अदालतको यस निर्णयको बारेमा स्वागत गर्दै ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘अडानी समूह सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दछ। यसले समयमै काम सम्पन्न गर्ने सुनिश्चित गर्नेछ ।’ साथै उनले ट्ववीटमार्फत सत्यको जीत हुने बताएका छन् ।
हिंडनबर्गको प्रतिवेदनपछि एक महिनामै ठूलो धनराशी गुमाएका गौतम अडानीको सेयरमा पछिल्लो समय सर्किट जारी छ ।
यसैबीच, लगातार तेस्रो दिन पनि अदानी कम्पनीको सेयरमा भारी उकालो लागेको छ, जसमध्ये ४ वटा कम्पनीको सेयर पुनः माथिल्लो सर्किटमा पुगेको छ ।
यो साता मङ्गलबारदेखि जारी रहेको अदानीको सेयरको वृद्धि तेस्रो दिन बिहीबार पनि जारी छ ।
The Adani Group welcomes the order of the Hon’ble Supreme Court. It will bring finality in a time bound manner. Truth will prevail.
— Gautam Adani (@gautam_adani) March 2, 2023
प्रतिक्रिया