NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

जहाजमा उड्दाउड्दै आगलागी, सवार सबै सुरक्षित

काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा उड्दा उड्दै आगो लागेको पाइएपछि आकस्मिक अवतरण गरिएको छ ।

उडान नंबर ८२१ को उक्त जहाज विहान ९ः३८ मा काठमाडौंको धावनमार्ग छोडेर १०ः०१ मा पुनः काठमाडौंमै आकस्मिक अवतरण भएको हो।

भैरहवाका लागि ‘टेक अफ’ भएको केही बेरमै दायाँ इन्जिनमा आलो लागेको थाहा पाएपछि पाइलटले टावरलाई जानकारी गराएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘काठमाडौंमा अवतरण गर्दा आगो निभिसकेको थियो । जहाजमा सवार सबै सुरक्षित हुनुहुन्छ,’ उनले भने ।

जहाज अवतरण गराउनका लागि त्रिभुवन विमानस्थलमा दमकल तथा अन्य सुरक्षा तैनाथ गरिएको थियो ।