१४ आप्रवासीको ट्युनिसियामा डुबेर मृत्यु
काठमाडौं (एजेन्सी) । ट्युनिसियाको स्फ्याक्स सहरको तटीय क्षेत्रमा सब–सहारा अफ्रिकाका १४ आप्रवासीको डुबेर मृत्यु भएको तटरक्षक बलले बिहीबार जनाएको छ ।
“कोस्टगार्डको गस्ती टोलीले गएराति डुबेको डुङ्गाका विभिन्न उप–सहारा अफ्रिकी राष्ट्रियताका ५४ जनाको उद्धार गरेको छ र १४ जनाको मृत शरीर फेला पारेको छ,” प्राधिकरणले फेसबुकमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ट्युनिसियाका राष्ट्रपति काइस सैयदले गत महिना जातीय हिंसाको लहर चलेको र देशको जनसाङ्ख्यिक संरचना परिवर्तन गर्ने ‘आपराधिक षडयन्त्र’को प्रतिनिधित्व गरेको आरोप लगाएपछि ट्युनिसियाका अश्वेत आप्रवासीले जातिवादी हिंसाको चाप बढेको गुनासो गरेका छन् ।
सयौँ घरबारविहीन भएका छन् र धेरैले आफ्नो दूतावासमा स्वदेश फिर्तीका लागि दर्ता गराएका छन् ।
इटालीको लाम्पेडुसा टापुबाट एक सय ५० किलोमिटर ९९० माइल० को दूरीमा रहेको ट्युनिसिया लामो समयदेखि अफ्रिकी युद्ध र गरिबीबाट भागेर युरोपमा राम्रो जीवन बिताउनका लागि एउटा मार्ग बनेको छ ।
उत्तर अफ्रिकी मुलुकले अफ्रिकाका अन्य भागबाट लगभग २१ हजार कागजातविहीन आप्रवासीहरूलाई आश्रय दिन्छ, जुन जनङ्ख्याको ०.२ प्रतिशतभन्दा कम हो ।
रोमले गत फेब्रुअरीमा १८ हजार ट्युनिसियालीसहित ३२ हजारभन्दा बढी आप्रवासी ट्युनिसियाबाट इटाली पुगेको बताएको थियो ।
युरोपेली सरकारहरू, विशेष गरी रोममा, देशलाई बहाव रोक्न दबाब दिएका छन्, र ट्युनिसियाली तटरक्षकले नियमितरूपमा आप्रवासीहरू बोक्ने डुङ्गाहरूलाई आफ्नो क्षेत्रीय जलक्षेत्रमा रोक्दछ, जुन विश्वको सबैभन्दा खतरनाक आप्रवासन मार्गको भाग हो ।
लामो समयदेखि चलिरहेको सामाजिक–आर्थिक सङ्कटबाट थकित ट्युनिसियालीहरू आप्रवासी प्रवाहको ठूलो हिस्सा हो ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया