बिपिडब्लु लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडाैं । बिपिडब्लु लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आइपीओ आज बिहान ११ बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।
बिपिडब्लु लघुवित्तको आइपीओमा २०७.१० गुणाभन्दा बढी आवेदन परेको थियो । त्यसैले आइपीओ हात पार्न भने भाग्यमै भर पर्नुपर्ने देखिन्छ ।
लघुवित्तले फागुन १८ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी तीन करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये १० प्रतिशतले हुने ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया