इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने

वार्सा । युरोपेली सङ्घ (इयु) को हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।
सङ्घको हतियार कोषबाट देशलाई तीस करोड युरो क्षति पूर्तिस्वरुप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
पोल्याण्डले युक्रेनलाई सोभियत युगका टी–७२ ट्याङ्कका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ । हालै वार्साले किएभलाई चार वटा मिग–२९ लडाकु विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
हालसम्म सङ्घमा आवद्ध कुनै पनि मुलुकले यति ठूलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलव्ध गराएका छैनन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया