रामनवमी मनाउन मन्दिर गएका २५ जना भक्त इनारमा खसे
इन्दोर । रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका छन् ।
यो समाचार तयार पार्दासम्म पाँच जनालाई उद्धार गरिएको छ भने हालसम्म हताहतीको खबर आएको छैन । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका प्रहरीले जनाएको छ ।
इनारमा खसेकामध्ये केही त्यहाँ रहेको फलामको डण्डीमा झुन्डिएका तथा उनीहरूको उद्धार भइरहेको इन्दोरका सुरक्षा प्रमुख इलयाराजा टीले बताएका छन् । मन्दिर क्षेत्रको वातावरण बिग्रन नदिन तथा दुर्घटना हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सम्भावित घाइतेहरूलाई शीघ्र अस्पताल पु¥याउन मन्दिर परिसरमा एम्बुलेन्सहरू तयारी हालतमा राखिएका छन् ।
ताजा अपडेट
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक


प्रतिक्रिया