एसईई परीक्षा आजदेखि, जापानबाट पनि सहभागी हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । अहिले बिहान ८ बजेबाट सुरु हुने परीक्षामा विदेशबाट समेत परीक्षार्थी सहभागी हुँदैछन् ।
एसइई परीक्षा नियन्त्रक कार्यालयले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
यस पटकको परीक्षामा कुल ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदैछन् । यसमध्ये दुई लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार नौ सय १७ छात्रा सहभागी हुँदैछन् । यसअघिका परीक्षामा छात्रभन्दा छात्राको संख्या ज्यादा हुने गरेको थियो ।
यस पटक सबैभन्दा धेरै परीक्षार्थी बागमती र कम कर्णाली प्रदेशबाट छन् । परीक्षार्थीको सहभागिताका कारण बागमतीमा धेरै र कर्णालीमा तुलनात्मक रूपमा कम केन्द्र तोकिएको छ ।
देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानबाट सहभागी हुन लागेका परीक्षार्थीका निम्ति कार्यालयले त्यही केन्द्र तोकेको छ ।
परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति परिचालन गरिएको छ ।
ताजा अपडेट
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
-
पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
प्रतिक्रिया