NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विश्व स्वास्थ्य दिवस : स्वास्थ्य रहने ६ टिप्स

एजेन्सी । आज विश्वभर विश्व स्वास्थ्य दिवस मनाइएको छ । हरेक अप्रिल ७ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि सबैका लागि स्वास्थ्य भन्ने मुल नाराका साथ स्वास्थ्य दिवस मनाइएको छ ।

शरीर स्वस्थ रहनु महत्त्वपूर्ण छ । स्वस्थ शरीरले मात्रा हामी सुन्दर जीवनको परिकल्पना गर्न सक्छौं । वर्तमान समयमा खराब र अस्वस्थकर जीवनशैली र खानपानले शरीरमा विभिन्न रोग देखापर्ने गर्छन् । यसको लागि उचित जीवनशैली आवश्यक छ ।

सन्तुलित आहार

स्वास्थ्य शरीरको कल्पना सन्तुपलत खानाबिना अधुरो छ । हामीले खाने खानपानले नै हाम्रो शरीर कस्तो हुने निर्धारण गर्छ । शरीरलाई भिटामिन, प्रोटिन, क्याल्सियम, फाइबर जस्ता पोषणयुक्त खानाको आवश्यक पर्छ । यी खानाको पूर्तिबाट नै शरीर स्वस्थ रहन्छ । सन्तुलित भोजनले समग्र शरीरलाई सन्तुलनमा राख्छ जसले रोगबाट लड्न सकिन्छ ।

फलफूल र हरियो सागसब्जी

फलफूल र तरकारीमा भिटामिन, खनिज र फाइबर प्रशस्त्र मात्रामा पाइन्छ । जुन स्वस्थ शरीरका लागि अत्यावश्यक छ । हरियो सागसब्जी र फलफूलमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुनुका साथै रोगसँग लड्ने गुणसमेत हुन्छ । त्यसैले दिनमा फलफूल तथा हरियो सागसब्जी मिलाएर खानुपर्छ ।

नियमित व्यायाम र योग

व्यायाम र योगले समग्र स्वास्थ्य अवस्थामा सुधार गर्दछ । यसले हाम्रो मांसपेशीलाई ठिक राख्छ भने शरीर तन्दुरुस्त र फूर्तिलो बनाउँछ । योग र व्यायामले शरीरमा उर्जा बढाउँछ। जसले गर्दा हाम्रो दक्षताका साथै मानसिक क्षमता पनि बढ्छ । श्वासप्रश्वासलाई नियन्त्रण गरी फोक्सो र मुटुलाई स्वस्थ राख्न पनि योग र व्यायाम जरुरी छ ।

सकारात्मक सोच

स्वस्थ शरीरका लागि मानसिक स्वास्थ्य पनि स्वस्थ हुन आवश्यक छ । मानसिक स्वास्थ्य स्वस्थ हुन हाम्रो सोच सकारात्मक हुनुपर्छ । त्यसैले स्वास्थ्य शरीरका लागि व्यक्तिको सोत पनि सकारात्मक चाहिन्छ । व्यक्तिको मनमा शान्ति, तनाव, चिन्ता भएमा यसले विभिन्न रोगको सिकार बनाउँछ । सकारात्मक चिन्तनले व्यक्तिको मनमा यस्ता विचलन आउन पाउँदैन् ।

धुम्रपान र मद्यपान

धुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसको सेवनले स्वास्थ्यमा जटिल र गम्भीर प्रकारका रोग लाग्छन् । स्वास्थ्य शरीरका लागि ध्रमपान तथा मद्यपानरहित जीवन आवश्यक छ ।

पर्याप्त निन्द्रा

स्वास्थ्य शरीरको लागि दिनमा कम्तिमा पनि ६ देखि ८ घण्टा निदाउनु आवश्यक हुन्छ । निन्द्रा पर्याप्त नहुँदा यसले स्वास्थ्यमा नै प्रभाव पर्छ । यसले मधुमेह र हृदय रोग जस्ता गम्भीर स्वास्थ्य समस्याहरुको जोखिमसमेत कम गर्छ । निन्द्रा पर्याप्त नहुँदा तनाव, चिन्ता, डिप्रेसन जस्ता मानसिक समस्या उत्पन्न हुन्छ ।