NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

दोल्ती पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने आज (वैशाख ३) गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले गत चैत्र २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

जसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको छ । यसमध्ये ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।  १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

दोल्ती पावरको आजदेखि आइपीओ निष्कासन

बाँकी रहेका १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल मार्केट रहेको छ ।