विधेयकविरूद्ध औपचारिक आन्दोलनमा उत्रिए निजामती कर्मचारी
काठमाडौं । संघीय निजामती सेवा ऐनको विधेयकमा सरोकारवालासँग छलफल नै नगरेको विषयमा निजामती कर्मचारीहरू आजबाट आन्दोलनमा उत्रिएका छन् ।
बुधबारबाट यससँग सम्बद्ध पाँचवटै ट्रेड युनियनले आन्दोलन निकालेको जानकारी दिएको हो ।
संघीयता आएको लामो समय गुज्रिसक्दा पनि निजामती सेवाको व्यवस्थापन सरकारको प्राथामिकतामा नपर्नू चिन्ताको विषय भएको विज्ञप्तीमा जनाइएको छ ।
कर्मचारीको साझा हितमा रहने छाता ऐनको निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण सहभागिता नभएको कर्मचारीहरूको गुनासो छ ।
छलफल बिना नै उक्त विधेयक अर्थ, कानू, न्याय तथा संसदीइ मामिला मन्त्रालयमा पठाइएकोप्रति उनीहरूले आपत्ति जनाएका छन् ।
यसको विरोधमा पाँचवटै ट्रेड युनियनहरूले आज सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मुख्यसचिव, प्रधानमन्त्री, प्देशका प्रमुख सचिवलाई एकसाथ ज्ञापनपत्र बुझाएका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया