सामाजिक सञ्जालमा सबैभन्दा धेरै समय कुन देशका मानिसले बिताउँछन् ?

काठमाडाैं । इन्टरनेटको यो युगमा आजकल अधिकांश मानिस सामाजिक सञ्जालले घेरिएका छन् । आजकल धेरै मानिस हरेक साना-ठूला कुराका लागि इन्टरनेटमा नै निर्भर छन् । आज भाैतिक भेटघाटको साटोमा इन्टरनेटकै प्रयोग गर्छन् । मानिसहरुको अधिकांश समय मोबाइलमा नै बित्ने गरेको छ । केही न केही कारणले मानिसहरू सामाजिक सञ्जालमै व्यस्त हुन्छन् ।
यस सम्बन्धमा हालै एउटा सर्वेक्षण आएको छ । जसले सबैको ध्यानाकर्षण गरेको छ । यस सर्वेक्षणमा विश्वका विभिन्न देशमध्ये कुन देशका जनताले सबैभन्दा बढी समय सामाजिक सञ्जालमा मात्रै बिताउने गरेको खुलासा भएको छ ।
यस सर्वेक्षणले चकित पार्ने खुलासा गरेको छ, जसको बारेमा थाहा पाएर तपाई पनि छक्क पर्न सक्नुहुने छ । विभिन्न देशका जनता सामाजिक सञ्जालमा यति व्यस्त छन् कि उनीहरुलाई छिटो बितिरहेको समयको पत्तै हुँदैन । यही कारणले गर्दा अक्सर मानिसमा आँखा सम्बन्धी समस्या तीव्र गतिमा बढ्दै गएको छ । फोनको अत्यधिक प्रयोग कत्तिको हानिकारक हुन सक्छ? हामी सबैलाई यो थाहा छ, तर यसको बावजुद, धेरैजसो मानिसहरूले दैनिक आधारमा यो गल्ती दोहोर्याउँछन्।
वास्तवमा, हालसालै सामाजिक सञ्जालमा बढी समय बिताउने सम्बन्धमा एउटा सर्वेक्षण गरिएको छ, जसका अनुसार विश्वका विभिन्न देशमध्ये नाइजेरियाका मानिसहरू सामाजिक सञ्जालमा बढी समय बिताउने गर्छन्। दोस्रोमा ब्राजिलका मानिसहरूले आफ्नो अधिकांश समय सामाजिक सञ्जालमा दिने गरेका छन्। यो क्रममा दक्षिण अफ्रिका तेस्रो नम्बरमा छ । जापानका मानिसहरूले भने सबैभन्दा कम समय सामाजिक सञ्जालमा बिताउने गरेको सर्वेक्षणले देखाएको छ ।
Daily time spent using social media (hours and minutes):
🇳🇬 Nigeria – 04:20
🇧🇷 Brazil – 03:44
🇿🇦 South Africa – 03:44
🇵🇭 Philippines – 03:42
🇨🇴 Colombia – 03:35
🇬🇭 Ghana – 03:23
🇰🇪 Kenya – 03:22
🇦🇷 Argentina – 03:18
🇲🇽 Mexico – 03:17
🇮🇩 Indonesia – 03:07
🇦🇪 UAE – 02:50
🇹🇷 Turkey…— World of Statistics (@stats_feed) April 25, 2023
प्रतिक्रिया