आम श्रमिकको जीवनसँग जोडिएको श्रम दिवसको महत्व

काठमाडाैं । आज मे १ । विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । विगत १३२ वर्षदेखि यो दिवस श्रमिकका लागि मनाइँदै आएको छ । यसले हाम्रो र तपाईंको जीवनलाई प्रत्यक्ष असर गर्छ । थाहा छ कसरी? आज पनि तपाईको कार्यालयमा काम गर्ने समय तोकिएको छ भने त्यसमा मजदुर आन्दोलन पनि जिम्मेवार छ । इतिहास साक्षी छ, आजकै दिन विश्वभरका मजदुरको काम गर्ने समय ८ घण्टामा परिणत गरिएको थियो ।
वास्तवमा सन् १८७७ मा मजदुरहरूले आफ्नो कामको समय तोक्नुपर्ने मागलाई लिएर आन्दोलन सुरु गरेका थिए । त्यसपछि मे १, १८८६ मा अमेरिकाभर लाखौं मजदुरले यस मुद्दालाई लिएर एकजुट भएर हडताल गरे। यस हड्तालमा ११ हजार कारखानाका करिब ३ लाख ८० हजार मजदुर सहभागी थिए । यस हड्तालपछि सन् १८८९ मा पेरिसमा भएको अन्तर्राष्ट्रिय महासभाको दोस्रो बैठकमा फ्रान्सेली क्रान्तिलाई ध्यानमा राखेर प्रस्ताव पारित भएको थियो ।
यस प्रस्तावमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने बिन्दु स्वीकृत भएको थियो । यो प्रस्ताव पारित भएसँगै अमेरिकामा ८ घण्टा मात्र काम गर्ने अनुमति दिइएको थियो । काम गर्ने घण्टा र दिनको अतिरिक्त, कामको अवधि र दिनबाहेक श्रमिक आन्दोलनमा पारिश्रमिकका विषयमा पनि पटकपटक प्रश्न उठेका छन् । यी आन्दोलनका कारण देशका विभिन्न राज्यहरूमा न्यूनतम पारिश्रमिक तोकिएको छ । तर आज पनि श्रम संगठनहरूले ठूला औद्योगिक एकाइ, निजी संस्था आदिमा काम गर्ने मजदुरलाई महंगीअनुसार पारिश्रमिक दिनुपर्ने प्रश्न उठ्दै आएका छन् ।
नेपालमा श्रमिक दिवस
आज एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ ।
श्रमिक संघ संगठनले श्रम हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले भने ‘हाम्रा अधिकार खोसिँदैछन्, सङ्गठित हैँ, प्रशिक्षित हौँ र परिचालित हौँ’, नारा तय गरेको छ ।
नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
प्रतिक्रिया