‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’
वासिङ्टन । युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन् ।
युक्रेनी सेनाले पूर्वी क्षेत्रमा भएको रुसी आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति व्यहोरेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार जोन किर्बीले नियमित पत्रकार सम्मेलनमा बताएका हुन् । पूर्वी डोनेट्स्क क्षेत्रमा भीषण युद्ध भएको तथा युक्रेनी सेनाको सामना गर्दै रुसले बाख्मुट सहरलाई आफ्नो नियन्त्रणमा लिन सङ्र्घ गरिरहेको छ ।
अमेरिकी गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा सल्लाहकार किर्बीले रुसले व्यहोरेको उक्त क्षतिको जानकारी दिएका भए पनि हताहतीको उक्त विवरणको आधारबारे स्पष्ट गरेका छैनन् । गत नोेभेम्बरमा अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले रुसमा एक लाखभन्दा बढीले ज्यान गुमाएका वा घाइते भएका बताएका थिए । रुसले व्यहोरेको पछिल्लो क्षतिबाट मस्को दबाबमा परेको देखिएको छ ।
सल्लाहकार किर्बीका अनुसार मारिएकामध्ये करिब आधा भाडाका सैनिक वाग्नर समूहका हुन् । उनीहरूलाई युद्धमा सहभागी हुन कारगारबाट मुक्त गरिएको थियो । उनीहरू बिना प्रशिक्षण युद्धमैदानमा पुगेका थिए ।
केही विश्लेषकहरूले बाख्मुटलाई नियन्त्रणमा लिनु रुसका निम्ति महत्वपूर्ण छ किनकी डोनेट्स्क क्षेत्रको क्रामाटोस्र्क र स्लोभियान्स्कका ठूला सहरमा अगाडि बढ्ने प्रयासमा रुसलाई सहज हुनसक्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया