NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

मोदी इनर्जीको आइपीओ भर्नुभयो, छुट्ला है आज अन्तिम दिन  

काठमाडौं । मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

आजदेखि मोदी इनर्जीको आइपीओ निष्काशन

बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।