भारत र मलेसियाबीचको सम्बन्ध जनस्तरमा पनि सुदृढ हुँदै

एजेन्सी । सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ ।
भारतका विदेश राज्यमन्त्री वी मुरलीधरनको हालैको भ्रमणले द्विपक्षीय सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुगेको मलेसियामा रहेका भारतीय मूलका नागरिकले बताएका छन् ।
भ्रमणका क्रममा राज्यमन्त्री मुरलीधरनले मलेसियाको प्रतिनिधिसभाका सदस्य एमकुला सेगरन, डेमोक्रेटिक एक्शन पार्टीका राष्ट्रिय उपाध्यक्ष र अन्य वरिष्ठ सदस्यका साथै मलेसियाली सशस्त्र बल सिख भेटरन एसोसिएसनका सदस्यसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
राज्यमन्त्री मुरलीधरनले भारतीय मूलका मलेसियाली नागरिकका साथै कामको सिलसिलामा त्यहाँ रहेका भारतीय नागरिकलगायत मलेसिया सरकारका उच्च अधिकारीसँगको भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने र जनता–जनताबीचको सम्बन्धलाई अझ सबल बनाउने विषयमा छलफल गरेको क्वालालम्पुरस्थित भारतीय दूतावासले जनाएको छ ।
उनले भारत–मलेसिया सम्बन्ध प्रवद्र्धनमा भारतीय ‘डायस्पोरा’ले गरेको योगदानको प्रशंसा गरे । भ्रमणका क्रममा विदेश राज्यमन्त्रीले नेताजी वेलफेयर फाउन्डेसन र नेताजी सेवा केन्द्रका पदाधिकारीसँग भेटघाट गर्दै मलेसियामा नेताजी सुवास चन्द्र बोसको विरासतको संरक्षणमा फाउण्डेसनले निर्वाह गरेको भ्रमिकाको सराहना गरेका थिए ।
ताजा अपडेट
-
बालेनले गाडीमा जान नदिएपछि राष्ट्रपतिदेखि प्रधानन्यायाधीश हिँडेरै पुगे इन्द्रजात्रा हेर्न वसन्तपुर
-
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड
-
दीपेन्द्रका बुवा भन्छन्: छोराका कीर्तिमानले देश खुसी भएको छ
-
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध
-
एमाले बागमती अधिवेशन: ६ बजेबाट मतदान
प्रतिक्रिया