भारत र मलेसियाबीचको सम्बन्ध जनस्तरमा पनि सुदृढ हुँदै
एजेन्सी । सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ ।
भारतका विदेश राज्यमन्त्री वी मुरलीधरनको हालैको भ्रमणले द्विपक्षीय सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुगेको मलेसियामा रहेका भारतीय मूलका नागरिकले बताएका छन् ।
भ्रमणका क्रममा राज्यमन्त्री मुरलीधरनले मलेसियाको प्रतिनिधिसभाका सदस्य एमकुला सेगरन, डेमोक्रेटिक एक्शन पार्टीका राष्ट्रिय उपाध्यक्ष र अन्य वरिष्ठ सदस्यका साथै मलेसियाली सशस्त्र बल सिख भेटरन एसोसिएसनका सदस्यसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
राज्यमन्त्री मुरलीधरनले भारतीय मूलका मलेसियाली नागरिकका साथै कामको सिलसिलामा त्यहाँ रहेका भारतीय नागरिकलगायत मलेसिया सरकारका उच्च अधिकारीसँगको भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने र जनता–जनताबीचको सम्बन्धलाई अझ सबल बनाउने विषयमा छलफल गरेको क्वालालम्पुरस्थित भारतीय दूतावासले जनाएको छ ।
उनले भारत–मलेसिया सम्बन्ध प्रवद्र्धनमा भारतीय ‘डायस्पोरा’ले गरेको योगदानको प्रशंसा गरे । भ्रमणका क्रममा विदेश राज्यमन्त्रीले नेताजी वेलफेयर फाउन्डेसन र नेताजी सेवा केन्द्रका पदाधिकारीसँग भेटघाट गर्दै मलेसियामा नेताजी सुवास चन्द्र बोसको विरासतको संरक्षणमा फाउण्डेसनले निर्वाह गरेको भ्रमिकाको सराहना गरेका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया