किन खाने कटहर ?

एजेन्सी । कटहर भिटामिन सी, पोटासियम र फाइबरको भरपूर स्रोत हो। कटहर तरकारी र फलफूल दुवैको रुपमा खान सकिन्छ ।
काँचो कटहर तरकारीका लागि उपयुक्त हुन्छ भने पाकेको कटहर फलफूलको रुपमा खान सकिन्छ । कटहरमा हुने पौष्टिक तत्वका फाइदा धेरै छन् । यसमा पाइने एन्टिअक्सिडेन्टमामा प्रतिरक्षा प्रणालीमा सुधार गर्ने क्षमता हुन्छ ।
भिटामिन सी छाला र मांशपेशीका लागि लाभदायिक मानिन्छ । यसमा एन्टी इन्फ्लेमेटरी, एन्टि ब्याक्टेरियल र एन्टी फङ्गल गुणहरु हुन्छन् । जसले शरीरको घाउ छिट्टै निको पार्छ ।
यसबाहेक, यसमा भिटामिन बी कम्प्लेक्स ,बी ६, नियासिन, रिबोफ्लेविन र फोलिक एसिड पनि प्रशस्त्र मात्रामा पाइन्छ । जुन एक स्वस्थ शरीरका लागि अत्यावश्यक छ ।
आउनुहोस् जानौं गुणकारी कटहरका केही फाइदा :
मुटु रोगीमा कटहर
कटहरको सेवन मुटु रोगीका लागि फाइदाजनक हुन्छ । यसले उच्च रक्ताप नियन्त्रण गर्छ । यसका साथै यसले मांशपेशी र स्नायु प्रणाली पनि स्वस्थ राख्छ ।
कब्जियतमा कटहर
कब्जियतका समस्या हुनेले कटहर खाँदा यो समस्याबाट राहत मिल्छ । यसमा फाइबर पाइन्छ । जसले पाचन प्रणलीलाई सहिसँग चलाउँछ र खाना पनि छिटै पचाउँछ । कटहरको सेवनले आन्द्रालाईसमेत सफा गर्छ ।
आँखाको ज्वति बढाउन कटहर
यसमा भिटामिन ए र बिटा क्यारोटिन हुन्छ । जुन आँखाको लागि आवश्यक छ । यसले आँखालाई ब्याक्टेरिया र संक्रमणबाट बचाउँछ भने आँखाको ज्वति पनि बढाउँछ ।
ताजा अपडेट
-
सडक निर्माणमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर
-
सरकार र शिक्षकबीच सहमति जुटेन, फेरि अर्को पटक वार्तामा बस्ने
-
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
प्रतिक्रिया