NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ ।

न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो । राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनमाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो ।

यसबाट आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकलाग्नसक्ने जोखिम बढेको छ । राज्यका गोेप्य कागतपत्रलाई लिएर अपराधको आरोप खेप्ने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन् ।

‘भ्रष्ट बाइडेन प्रशासनले मलाई लगाइएको अभियोगका बारेमा मेरा वकिलहरूलाई सूचित गरेको छ,’ पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो सोशल प्लेटफर्ममा लेखेका छन् ।

आगामी मङ्गलबार आफूलाई मियामीको सङ्घीय अदालतमा उपस्थित हुन आदेश दिइएको पनि उनले उल्लेख गरेका छन् । आफ्नो ७७ औँ जन्मदिनको अघिल्लो दिन उनी अदालतमा हाजिर हुनुपर्नेछ ।

पूर्व राष्ट्रपति ट्रम्पमाथि लगाइएको अभियोग र उनको भनाइका बारेमा कानुन मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन । यद्यपि उनका कानुन व्यवसायीहरूले देशका पूर्वप्रमुखमाथि सरकारी गोप्य दस्तावेज घरमा राखेकोलगायत सातवटा अभियोग लगाइएको बताएका छन्  ।