पाकिस्तान सडक दुर्घटना : १३ को मृत्यु, ४१ घाइते

एजेन्सी । पाकिस्तानमा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य ४१ जना घाइते भएका छन् ।
पाकिस्तान नियन्त्रित काश्मिरको कोटली जिल्लामा सोमबार बिहान एउटा बस गहिरो खाल्डोमा खस्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको गुजरानवाला शहरमा नायरियन क्षेत्रमा आयोजित धार्मिक समारोहमा भाग लिएर फर्कंदै गरेको बसमा करिब ३५ जना यात्रु सवार रहेको बताइएको छ ।
यसैगरी, पञ्जाबको शेखुपुरा जिल्लामा सोमबार बिहान शेखुपुरा राजमार्गतर्फ मोडिने क्रममा तीव्र गतिका कारण बस पल्टिँदा चार जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएका छन् ।
उद्धारकर्ताहरू दुई दुर्घटना स्थलमा पुगेका छन् र पीडितहरूलाई स्थानीय अस्पतालहरूमा स्थानान्तरण गरिएको उद्धार सेवाले जनाएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया