NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

बालुवाटार काण्डमा देउवा पनि पक्राउ पर्लान् ?

काठमाडौं । लामो समयदेखि अनुसन्धान रोकिएको ललिता निवास जग्गा प्रकरणको फाइल खुलेपछि भाटभटिनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो(सीआईबी) ले उनलाई पक्राउ गरेसँगै सीआईबीले आफ्नै प्रतिवेदनमा दोषि औंल्याएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्राउ पर्नेबारे पनि प्रश्न उठेको छ ।

ब्यूरोले तयार पारेको प्रतिवेदनमा बालुवाटारस्थित ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा सार्ने भूमिकामा देउवाको संलग्नता पनि प्रष्टसँग औंल्याएको छ । प्रतिवेदनले उक्त जग्गा हिनामिनाको प्रारम्भकर्ता नै देउवा रहेको निष्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद्ले दिएको निर्देशनको पालना नै नगरी गृह मन्त्रालय र मालपोत कार्यालयको मिलेमतोमा ती जग्गा व्यक्तिको नाममा गएको प्रतिवेदनमा जनाइएको छ । त्यतिबेला गृह मन्त्रालयको नेतृत्व देउवाले गरिरहेका थिए । तत्कालित प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले उक्त जग्गामाथि अनुसन्धान गरेर सरकारले जफत गरेको जग्गामात्रै फिर्ता गर्न कार्यादेश दिएको थियो ।

तर यसबारे अनुसन्धान नगरी देउवाले मालपोत कार्यालयलाई जग्गा फिर्ता गर्न पत्र पठाए । मन्त्रिपरिषद्ले दिएको उक्त कार्यादेश पूरा नगरी देउवा एक वर्षसम्म मौन बसेका थिए । परिणामतः सरकारको समरजंग कम्पनीको नाममा रहेको सग्गा सुवर्णशमशेरका हकवालाका रूपमा सुनीति राणा, शैलजा राणा र रुक्शमशेर राणाको नाममा गएको थियो ।

देउवाको संलग्नता पुष्टि गर्नेगरी डिल्लीबजारका प्रमुख मालपोत अधिकृत कलाधार देउजाले पनि बयान दिएका छन् । उनले सीआईबीलाई दिएको बयानअनुसार देउवा नेतृत्वको मन्त्रालयले आवश्यक छानबिन नै नगरी पठाएको पत्रका आधारमा मालपोलते जग्गा नामसारी गरेको थियो । जग्गा नामसारी गर्नका लागि प्रधानमन्त्री निवासबाटै थामिनसक्नुको दबाब आएको पनि उनले ब्यूरोलाई बताएका छन् ।

सरकारी जग्गा व्यक्तिका नाममा हडपेको यो घोटालाबारे सीआईबीले डेढ वर्षअघि नै अनुसनधान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । तर यसमाथि थप अनुसन्धानको आवश्यकता औंल्याउँदै फाइल फिर्ता गरेको थियो । उच्च नेतृत्व नै संलग्न देखिएपछि गृहले यो प्रतिवेदन हालसम्म सार्वजनिक गरेको छैन ।

आफैं प्रधानमन्त्री हुँदा नै देउवाले महान्यायधिवक्ता कार्यालयमा प्रतिवेदन पुग्दासमेत कारवाही प्रक्रिया रोक्न भूमिका खेलेका थिए ।

‘बालुवाटार जग्गा हिनामिनाको आरम्भकर्ता देउवा’, उच्च नेतृत्व मुछिएपछि सिआइबीको प्रतिवेदनमा तालाचाबी

ताजा अपडेट

नेपालवाच विशेष