NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

हिरासतको त्रासबाट भाग्दाभाग्दै पक्राउ परेका गुरुङको बयान यस्तो छ

काठमाडौं । ललिता निवास काण्डमा आफ्नो संलग्नताका समाचारहरु सार्वजनिक हुन थालेपछि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दुई वर्षअघि तत्कालिन गृहसचिवसँग भनेका थिए, ‘बरु मेरा सबै सम्पत्ति लगे हुन्छ । जेल बस्न नपरोस् ।’

उनले अहिलेसम्मका लगानी डुब्दा आफूलाई खासै क्षति नहुने भन्दै त्यो पैसा शिर्ष नेताहरूको भएको संकेत गरेका थिए । यही प्रकरणमा धरौटीमा रिहा भएका उनै गुरूङ बालुवाटारको फाइल खुल्दा पक्राउको पहिलो सूचिमा परे । दुई वर्षअघि उनले केन्द्रिय अनुसन्धान ब्यूरोकाे कार्यालयमा उपस्थित भएर प्रहरीसामु दिएको बयान यस्तो छ :

मैले ललिता निवास क्याम्पको जग्गाहरु रुक्म शमशेर समेतबाट किनेको हो । शुरुमा राणाहरुको जग्गा एकलौटि किनेको हुँ । मलाई राणाहरुको जग्गा किन्नका लागि शोभाकान्त ढकाल र युवराज कोइराला समेत राणाहरूसँग जग्गाको कुरा गर्न भारत कलकत्तासम्म गएको सम्झना सम्म छ। मोहीहरुको जग्गा किन्ने कामका लागि राम कुमार सुवेदी र शोभाकान्त ढकालले सहयोग गरेका हुन । मोहीहरुसँग केही जग्गा म, राम कुमार सुवेदी र शोभाकान्त ढकाल सँग संयुक्त र केही एकलौटी स्वामित्वमा रहने गरी किनेको हो। मैले खरिद गरेको जग्गाहरु मध्ये करिब १४–०–०–० रोपनी विभिन्न व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरी सकिएको र म, मेरो परिवारका सदस्यहरु र कम्पनी समेतको स्वामित्वमा करिब २४–०–०–० रोपनी जग्गा बाँकी छ । भाटभटेनी डेभलपमेन्ट कं. प्रा. लि. को अध्यक्ष म नै हुँ म र मेरो श्रीमती शावित्री गरुङको २५.५ / २५.५ प्रतिशत गरी जम्मा ५१ प्रतिशत यसमा शेयर रहेको छ। यसमा मेरो श्रीमती सावित्री घले गुरुङको तर्फबाट गर्नु पर्ने सम्पूर्ण कामहरू मैले नै गर्दछु । निजको नाम मात्रै हो।

राम कुमार सुवेदी र शोभाकान्त ढकालको २४.५/२४.५ प्रतिशत गरी जम्मा ४९ प्रतिशत सेयर रहेको छ । ललिता निवास क्याम्प भित्रको जम्मा म लगायत मेरो परिवारका सदस्यहरु, राम कुमार सुवेदी र शोभाकान्त ढकाल समेत कतिपय एकलौटि र कतिपय संयक्त रूपमा खरिद गरीसकेपछि व्यवस्थित रुपमा रियल स्टेटको कारोबार गर्नुपर्छ भन्ने उद्देश्यले स्थापना गरेको छु । सामान्यतया हामी सबै सदस्यहरु सर्वसम्मतका हिसाब निर्णयहरु गर्छौं । कहिलेकाहि मेरो र मेरो श्रीमतीको लगानि ५१ प्रतिशतको हिसाबले हामीले निर्णय गर्छौं। यो कम्पनी हामी चारे जना सेयर सदस्यको संयुक्त सल्लाहमा स्थापना भएको हो। हाल यो कम्पनीको स्वामित्वमा ४७–२–० रोपनी जग्गा रहेको छ।

राम कुमार सुवेदी र शोभाकान्त ढकाल सँग मेरो राम्रो चिनजान र सम्बन्ध छ । हाम्रो चिनजान २०६२ सालमा भएको हो । मलाई पूर्व सचिव विश्व प्रकाश पण्डितले चिनजान गराएको जस्तो लाग्छ । विश्व प्रकाश पण्डितको श्रीमतीको नामको जग्गा पनि हामीले २०६५ साल तिर खरिद गरेको जस्तो लाग्छ। हामीले ललिता निवास क्याम्प भित्रको अधिकांश जग्गाहरु रुक्म शम्शेर राणासमेतको नाममा जग्गा धनि प्रमाणपुर्जा रहेको अवस्थामा खरिद बिक्रि गरेका हौं। मालपोत कार्यालयको सम्पूर्ण अभिलेखहरु जाँच गरी चलनचल्तिको मूल्यमा खरिद गरेको हो।

सरकारी जग्गा भन्ने हामीलाई थाहा थिएन। मेरो तथा मेरो परिवारको नाममा आएको जग्गाको मूल्य मैले नै व्यवस्था गरेको हुँ। अरु कोही कसैलाई मैले सापटी तथा ऋण दिएको होईन, छैन। के कसरी व्यवस्था गरेका हुन मलाई थाहा छैन। मैले ललिता निवास क्याम्पको जग्गाहरु रुक्म शमशेर समेतबाट किनेको हो। शुरुमा राणाहरुको जग्गा एकलौटि किनेको हुँ। मलाई राणाहरुको जग्गा किन्नका लागि शोभाकान्त ढकाल र युवराज कोइराला समेत राणाहरुसँग जग्गाको कुरा गर्न भारत कलकत्तासम्म गएको सम्झना सम्म छ ।

मोहीहरुको जम्मा किन्ने कामका लागि राम कुमार सुवेदी र शोभाकान्त ढकालले सहयोग गरेका हुन। मोहीहरूसँग केही जग्गा म, राम कुमार सुवेदी र शोभाकान्त ढकालसँग संयुक्त र केही एकलौटी स्वामित्वमा रहने गरी किनेको हो । मिति २०६७।०१।३१ को निर्णयमा अनुसूची ३ मा उल्लेख भए बमोजिम ५७० मिटर लामो ८ मिटर चौडा बाटो निर्माण गर्न आवश्यक क्षेत्रफल ८–१४.३० रोपनी जग्गा मध्ये नेपाल सरकारको नाममा रहेको जग्गाको क्षेत्रफल १–११–२– ड्ड रोपनी र व्यक्तिको नाममा दर्ता रहेको क्षेत्रफल ७–३–१–१ रोपनी (सट्टाभर्ना नपाउने गरी सहमतिको सम्बन्धमा के गरीएको थियो, मैले को–कसलाई सहमती दिए, मलाई हाल याद भएन ।

हाल यो प्रकरणमा सञ्चालक गुरुङसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वप्रमुख निर्वाचन आयुक्त सुधीर कुमार शाह, भुपेन्द्रमणि केसी, कलाधर देउजा, सुरेन्द्रमान कपाली र धर्मप्रसाद गौतम छन् ।

यस्तो छ देउजाले बालुवाटार प्रकरणमा देउवाको संलग्नता खुलाएको बयान

‘बालुवाटार जग्गा हिनामिनाको आरम्भकर्ता देउवा’, उच्च नेतृत्व मुछिएपछि सिआइबीको प्रतिवेदनमा तालाचाबी

बालुवाटार प्रकरण : को-को माथि बज्दैछ खतराको घण्टी ?