ब्राजिलमा भवन भत्किँदा एघार जनाको मृत्यु

ब्राजिल । उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।
पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । वारुणयन्त्र विभागका अनुसार शुक्रबार सात जना मृत अवस्थामा फेला परेका थिए भने अर्को एक जनाको अस्पतालमा मृत्यु भएको थियो । शनिबार बिहान उद्धार टोलीले थप तीन जनाको शव फेला पारेको थियो ।
सन् २०१० मा अदालतको आदेशमा उक्त भवनमा बसोबासमा प्रतिबन्ध लगाइएको थियो तर २०१२ यता कैयौं परिवार त्यहाँ अवैध रूपमा बसाइँ सरेका थिए ।
ताजा अपडेट
-
‘सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो’ : विद्या भण्डारी
-
एमाले बोलायो केन्द्रीय कमिटीको बैठक
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता
-
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
-
तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै
प्रतिक्रिया