बालुवाटार प्रकरणमा तत्कालिन सुब्बा र खरिदार पनि पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा किर्ते प्रकरणमा आज दुई कर्मचारी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले तत्कालिन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो ।
ब्यूरोले हालसम्म यो प्रकरणमा १४ जनालाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया