स्कुल बसले कारलाई ठक्कर दिँदा ६ जनाको मृत्यु
नयाँदिल्ली । विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ ।
दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा छ जनाको घटनास्थलमा मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । निजलाई नियन्त्रणमा लिइएको छ ।
यसैबीच, आन्ध्र प्रदेशको डार्सीस्थित नहरमा यात्रीबाहक बस खस्दा एक जना सात वर्षिय बालकसहित सात जनाको निधन भएको छ । बसमा यात्रारत ४० जनामध्ये १५ जना गम्भीर घाइते भएका छन् । उनीहरूको घटनास्थल नजिक अवस्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेको थियो । दुर्घटनाको अनुसन्धान थालिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया