NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

के हो निर्णय प्रक्रिया ? निर्णय क्षमतालाई के केले प्रभाव पार्छन् ? 

लोक सेवा आयोगले कायम गरेको निष्पक्षताले जनतामा यसप्रतिको विश्वास बढाएको छ । त्यसैले यसले लिने परीक्षाप्रति आकर्षण बढ्दो छ । परीक्षामा राम्रो नतिजा हासिल गरी निजामती सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही अवस्थालाई मध्यनजर गरी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा भुवन प्रसाद ज्ञवालीले निर्णय प्रक्रिया र यसलाई प्रभाव पार्ने तत्वबारे प्रश्नको समाधान सुझाउनुभएको छ।
प्रश्‍न. निर्णय प्रक्रियालाई परिभाषित गर्नुहोस् । साथै निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने विभिन्न तत्वहरुको बारेमा चर्चा गर्दै विवेकपूर्ण निर्णय गर्दा ध्यान पुर्‍याउनु पर्ने विषयहरु उल्लेख गर्नुहोस् ।
निर्णय प्रक्रियाः
कुनै काम वा विषयप्रति उचित/अनुचित, ठीक/वेठिक भनी निधो गर्ने कार्य निर्णय हो । निर्णय अन्तिम निर्कौल हो । व्यवस्थापकले उपलव्ध विभिन्न विकल्पहरु मध्ये विवेकपूर्ण ढंगले उपयुक्त विकल्पको छनौट गर्ने प्रक्रियालाई निर्णय प्रक्रिया भनिन्छ । निर्णयमा पुग्न अपनाईने प्रक्रिया अर्थात् पुरा गर्नुपर्ने चरणहरु क्रियाकलापहरुको श्रृङ्खला नै निर्णय प्रक्रिया हो ।
  •  समस्या पहिचान,
  • सहि विकल्पहरुको छनौट,
  • सहभागितामूलक निर्णय प्रक्रिया,
  • अन्तिम आदेश वा निर्देशनको समग्रता हो ।
जसले संगठनलाई गतिशिल वनाई कार्यप्रक्रियालाई सरल, सहज र वस्तुनिष्ठ वनाउन मद्दत गर्दछ ।
निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने तत्वहरुः
कुनै पनि निर्णयले पार्ने प्रभाव, त्यसको असर र ल्याउने नतिजाले निर्णयलाई थप मजवुत बनाउन र कमजोर वनाउन मद्दत गर्दछ । त्यसैले
निर्णयकर्ताको निर्णय क्षमतालाई प्रभावित तुल्याउने तत्वहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
क. आन्तरिक तत्वहरुः
  •  निर्णयकर्ताको विवेक र सदाचारको स्तर,
  • निर्णयकर्ताको ज्ञान र अनुभव,
  • अधिकार र जिम्मेवारीको सीमा,
  • कानूनी तथा नीतिगत व्यवस्था,
  •  संगठनको कार्यसंस्कृति, कार्यवातावरण
  • सहभागिता र निहित स्वार्थ,
ख. बाह्य तत्वहरुः
  •  राजनीतिक दलहरु
  • दवाव समूह र हित समूह,
  • गैर सरकारी क्षेत्र
  • नागरिक समाज र सामुदायिक संगठनहरु
  • अन्तराष्ट्रिय समुदायहरु
  • वातावरणीय स्रोत साधनको उपलव्धता
  • नागरिक चेतना र सामाजिक क्रियाशिलताहरु आदि ।
विवेकपूर्ण निर्णय गर्दा ध्यान दिनुपर्ने विषयहरुः
  • निर्णयमा पुग्न समस्याको पहिचान र परिभाषा यथेष्ट ज्ञान,
  • तथ्याङ्क र सूचनाको वस्तुनिष्ठ मूल्याङ्कन,
  • निर्णयको प्रभाव र त्यसको उपदेयताको जानकारी,
  • विकल्प छनौट गर्दा विकल्प विकास र विश्लेषण,
  • निर्णय कार्यान्वयनमा पर्ने प्रभाव,
  • परिवर्तन द्वन्द्व व्यवस्थापन जस्ता विषयको आकस्मिकताको अध्ययन,
  • नागरिकको इच्छा आकांक्षाको अवस्था,
  • विचारलाई व्यवहारमा उतार्नररुपान्तरण गर्ने सक्षमता,
  • उपलव्ध स्रोत साधनको उपयोग र उपदेयता,
  • निर्णय कार्यान्वयनमा जनताको सहभागिता र स्वामित्वको अवस्था,
  • सहभागितामूलक निर्णय प्रक्रियाको अवलम्वनमा ध्यान,
  • कानूनी तथा नीतिगत व्यवधानको अवस्था,
निष्कर्षः
निर्णय प्रक्रिया निकै जटिल र दुरगामी प्रभाव पार्ने विषय हो । तथापी नेतृत्वको सक्षमतासंग जोडिएर आउने गर्दछ । त्यसैले निर्णय प्रक्रियामा जनताको सहभागिता र निर्णयको प्रभाव र कार्यान्वयन आङ्कलन गरी उपर्युक्त निर्णय गर्नु र कार्यान्वयनयुक्त निर्णय हुनु जरुरी रहन्छ ।
(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)