NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

देशभरबाट जम्मा एक जना सिभिल इञ्जिनियरलाई अवसर

काठमाडौं । आर्थिक क्षेत्र संकटमा पर्दा दैनिक रोजगारी गुमाउनेको संख्या बढ्दै गइरहेको छ ।

यस्तो परिस्थितीमा नयाँ जागीर पाउन सजिलो हुनेत कुरै भएन । यहि समयमा एक जना सिभिल इञ्जिनियरका लागि जागीर खुलेको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिकाले करार सेवामा एक जना सिभिल इञ्जिनियर माग गर्दै सुचना प्रकाशित गरेको छ ।

सुचनाअनुसार उक्त पदका लागि लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको विज्ञापनमा बैकल्पिक तथा अस्थायी योग्यताक्रममा रहेका सिभिल इञ्जिनियरले मात्र आवेदन दिन पाउनेछन् ।

त्यस्ता इञ्जिनियरले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदनका लागि गाउँपालिका नै पुग्नुपर्दैन । गाउँपालिकाको इमेल ठेगानामा आवेदन दिन सकिनेछ ।

त्रिभुवन विमानस्थलका अधिकृतः कोही लेनदेनमा व्यस्त, कोही केटी जिस्क्याउने