NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

महिनादिनको जेल बसाइले दुब्लाए खाँण, मञ्जु तीनपटकमात्रै पुगिन् भेट्न

खाँणलाई जेलमा हुँदा पनि भिआइपी सर्भिस ?

काठमाडौं । एक बर्षपछि सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बसिरहँदा सभापति देउवाका विस्वासपात्र बालकृष्ण खाँण केन्द्रीय कारागार सुन्धारामा छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर भ्रष्टाचारमा संलग्न भएवापत उनी एक महिनादेखि कारागारमा छन् । शक्तिकेन्द्र बनेर राजनीतिमा रमाउँदै आएका उनी जेलमा के गर्दै होलान् ? आम नागरिकको लागि स्वभाविक चासो हो ।

बैशाख २७ गते पक्राउ परेका उनले हिरासत र जेल गरेर  झण्डै दुई महिनादेखि कैद जिवन बिताइरहेका छन् ।

एक बर्षअघिसम्म राज्यले उनलाई नागरिकको सुरक्षाको जिम्मेवारी दिएर गृहमन्त्रालयको कमाण्ड सुम्पिएको थियो । त्यही अवधिमा नागरिकलाई नक्कली शरणार्थी बनाएको कसुरमा उनी जेल पुगेका छन् । तर उनीमा अझै पनि राजनीतिक धङधङी हराएको छैन । जेलमा पनि उस्तै रवैया छ । हरेक दिन ६० जना भन्दा बढि नेता कार्यकर्ता भेट्छन् । हरेकसँग आफूलाई फसाइएको गुनासो गर्दै अन्तत सफाइ पाउनेमा ढुक्क छन् ।

तर जेल पुगेदेखि उनी राम्ररी निदाउन भने सकेका छैनन् ।

यस्तो छ दिनचर्या

जेल पुगेदेखि स्वभावैले खाँणको दिनचर्या पनि फेरिएको छ । केन्द्रीय कारागार पुगेदेखि नै उनी राम्रोसँग निदाउन सकेका छैनन् । विहान सबेरै उठ्छन् । पानी पिउँछन् । नित्यकर्म सकेर योगा शुरु गर्छन ।

त्यसपश्चात कालो चिया खाँदै जेलका सहकर्मीहरुसँग कुराकानी गर्छन । विहानको खाना खाएपछि भने खाँण केहिबेर सुत्छन् । तर बाहिर भेटघाटका लागि कोही शुभचिन्तक, आफन्त आएको खबर पाए भेटमा गेटतिर निस्कन्छन् ।

कारागारमा ११ देखि ३ः३० बजेसम्म आम नागरिकलाई कैदीबन्दी भेट्न जेल प्रशासनले समय छुट्याएको छ । खाँणलाई भेट्न दैनिक ठूलो संख्यामा मानिसहरु केन्द्रीय कारागार पुग्छन् । प्राय: ११ बजेपछि खाँण भेटघाटमै व्यस्त रहन्छन् ।

बिशेषगरी कारागार कार्यालयले खाँणको शुभचिन्तकहरुलाई भेटघाट गर्न दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्मको समय तोकेको छ । यो समय जेल प्रशासनले खाँण, टोपबहादुर रायमाझी, सचिव पाण्डेसँग भेटघाट गर्न छुट्टै निर्णय गरेर ३ः३० देखि ५ बजेसम्मको भेटघाटको समय छुट्याएको हो ।

त्यो समयमा आम सर्वसाधारणले भने अन्य कैदीबन्दी भेट्न पाउँदैनन् ।

त्यसअघि खाँणलाई भेट्न पनि अन्य कैदीबन्दी सरहको समय दिइएको थियो । तर उनलाई भेट्न आउने मान्छेको चाप बढी भएपछि विशेष सुविधा दिएर त्यो समय एकलौटी रूपमा खाँणसहित शरणार्थी प्रकरणमा संलग्नहरुलाई उपलब्ध गराइएको छ ।

को-को पुग्छन् भेट्न ?

केन्द्रीय कारागारमा पूर्वगृहमन्त्री खाँणलाई भेट्न विशेषगरी उनकै गृहजिल्ला रुपन्देहीका नेता तथा कार्यकर्ताहरु बढीमात्रामा पुग्छन् ।
त्यसबाहेक पार्टीका केन्द्रीय सदस्यहरु, कांग्रेसका मन्त्री, कांग्रेसका सांसदहरु पनि सुन्धारा कारागार पुगिरहन्छन् ।

ठट्यौली शैलीमा कारागारका एक अधिकृतले भने, ‘पूर्वमन्त्री ज्यू आएपछि जेल कहिलेकाँही संसद भवनजस्तै हुन्छ । पार्टी कार्यालय जस्तो पनि हुन्छ ।’

खाँणलाई भेट्न केही समयअघि परराष्ट्रमन्त्री एनपी साउद पनि सुन्धारा पुगेका थिए । सभापति देउवाको सन्देश बोकेर खाँण भेट्न जेल पुगेका साउद र खाँणबीच त्यहाँ केहीसमय एक्लाएक्लै संवाद भएको थियो ।

खाँणलाई नियमित भेट्नेमध्ये सांसद रामहरी खतिवडा, महेन्द्र यादवलगायत पर्छन् । पूर्व महान्यायाधीवक्ता खम्मबहादुर खाती पनि खाँणलाई भेटिरहनेमध्ये एक हुन् । उनीहरु एउटै सरकारमा एकजना गृहमन्त्री र अर्को महान्यायाधिवक्ता थिए ।

बिशेषगरी खाँणलाई भेट्न जानेमध्येमा देउवा निकट नेता कार्यकर्ताहरू बढि छन् ।

दुब्लाए खाँण

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण जेल गएको एक महिना भयो । यो बीचमा उनकी श्रीमती मञ्जु खाँण भने अहिलेसम्म ३ पटक मात्रै श्रीमानलाई भेट्न सुन्धारा पुगेकी छिन् ।

दुःख सुखमा सबैभन्दा नजिकबाट साथ दिनुपर्ने खाँणकी कान्छी श्रीमती मञ्जु हप्तामा एक पटक पनि श्रीमान भेट्न जेल पुग्दिनन् । जेल प्रशासनका अनुसार उनी अहिलेसम्म तीन पटकमात्रै श्रीमान भेट्न जेल पुगेकी छिन् ।

खाँणलाई भर्खरै भेटेर फर्किएका उनका एक शुभचिन्तककाअनुसार जेल परेपछि खाँण दुब्लाएका छन् । खाँणले भने योगा गर्न थालेपछि शरिर पातलो बनेको बताउने गरेका छन् ।

पुरानो दोस्ती सम्झदै रायमाझी भेट्न झ्यालखाना पुगे देवेन्द्र पौडेल – NepalWatch