NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

थाइ सुधारवादी नेता पिताको प्रधानमन्त्री बन्ने सपना अधुरै

एजेन्सी । थाइल्यान्डका सुधारवादी नेता पिता लिम्जारोएनरतको प्रधानमन्त्री बन्ने प्रयास बुधबार समाप्त भएको छ ।

बयालीस वर्षीय पितालाई आफ्नो उम्मेदवारीको बारेमा छलफल गर्न कक्षमा बसिरहेको बेला नाटकीय रूपमा संसदबाट निलम्बित गरिएको थियो । उनलाई निलम्बन गरेपछि सांसदहरूलाई उनलाई दोस्रो मतदानको लागि विचार गर्न सकिने वा नसकिने पक्षमा गरेको मतदानमा उनलाई दोस्रो प्रयास गर्न नदिने पक्षमा बहुमत आएको थियो । यससँगै उनको सरकार हाँक्ने अभियान तत्कालका लागि अन्त्य भएको देखिन्छ ।

थाइल्याण्डको संवैधानिक अदालतले सञ्चार कम्पनीमा सेयर भएको भन्दै पितालाई संसदबाट पूर्णरुपमा अयोग्य ठहर्याउन सक्ने गरी मुद्दा अघि बढाउने बताएपछि उनलाई निलम्बन गरिएको हो । थाइल्याण्डको संविधानअनुसार सांसदहरूलाई सञ्चारमाध्यमको स्वामित्व लिन निषेध गरिएको छ । यद्यपि उनको शेयर रहेको भनिएको टेलिभिजन स्टेसनले सन् २००७ देखि प्रसारण सेवा बन्द गरेको छ ।

उनको पार्टीले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको थियो । पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले लगभग एक दशकको सेना समर्थित शासनबाट निराश युवा र शहरी थाइहरूको समर्थनमा उच्च स्थान हासिल गरेको छ, तर सरकार गठनको लागि यसको प्रयासहरू असफल भएका छन् ।

उनले अभिवादन गर्दै संसद भवनबाट बाहिरिनु पहिले भने, ‘हामी फेरि भेट्नेछौँ । त्यतिबेलासम्म म सांसदका रूपमा बिदाइ हुन चाहन्छु ।’ उनी विधानसभाको हलबाट सहयोगी दलहरूको सांसदहरूको जयजयकारसँगै निस्किएका थिए ।

हार्भर्डमा पढेका र परिवारले चलाएको एग्रिफुड व्यवसायबाट धनी बनेका पिताले उक्त शेयर आफ्नो पिताबाट विरासतमा पाएको बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष