मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर बलात्कार आरोपमा पक्राउ

काठमाडौं। मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेललाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको जनाएको छ।
उनीमाथी एक युवतीलाई बलात्कार गरेकोको आरोप लागेको छ। ५२ वर्षीय पोखरेल त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेका थिए। सोहिक्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले इन्जिनियर पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ।
ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन्। उनले घरमा कोही नभएको मौकामा आफूमाथि पटक पटक यौन दुव्यवहार गरेको बताएकी थिइन्।
बलात्कारको आरोप प्रमाणित भएमा नेपालको कानुनमा निम्न प्रकारको सजायको व्यवस्था छ।
प्रतिक्रिया