हिमाञ्चल प्रदेशमा दुर्घटना : छ प्रहरी अधिकारीको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना प्रहरी अधिकारीको मृत्यु भएको सरकारी स्रोतले पुष्टि गरेको छ । राज्यको चम्बा जिल्लामा प्रहरी गस्तीमा गएका बेला दुर्घटना भएको हो ।
ठूलो ढुङ्गाले ठक्कर दिएपछि प्रहरी चढेको गाडी अनियन्त्रित भई सडकबाट चिप्लिएर गहिरो खाल्डोमा खसेको थियो । दुर्घटनामा एक स्थानीयको पनि मृत्यु भएको छ ।
दुर्घटनामा परी अर्का एक स्थानीय बासिन्दा र तीन जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया