स्कुल पसेको भैंसी डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइयो

काठमाडौं । बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैसीलाई नियन्त्रणमा लिइएको छ ।
बिहानैबाट उक्त क्षेत्रमा आतंक मच्चाइरहेको भैंसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको हो ।
डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रयोग गरेपछि भैंसी बेहोस भएको थियो ।
बेहोस भएको भैसीलाई अहिले एम्बुलेन्समा हालेर उद्धार गरिएको छ । उक्त भैसी ३ घण्टापछि नियन्त्रणमा आएको हो ।
भैंसीले क्षति पु¥याउन सक्ने भएकाले आज बिहानभर सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरेको थियो ।
वधशालामा काट्न लागेको भैंसी फुत्केर स्कूलमा पसेको अनुमान गरिएको छ ।
उक्त भैँसी पाटन क्षेत्रबाट भागेको हुन सक्ने प्रहरीको आशंका छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया