यसरी गर्दैछ स्नेहाज केयरले बुद्धनगरबाट नियन्त्रणमा लिइएको भैंसीको उपचार

काठमाडौं । बुधबार काठमाडौंको बुद्धनगरिस्थत ज्ञान निकेतन स्कुलबाट नियन्त्रणमा लिएको भैंसीको अहिले उपचार भइरहेको छ ।
ललितपुरको भैंसीपाटीमा रहेको स्नेहाज केयरले यो भैंसीको उपचार गरिरहेको हो । विगत ८ बर्षदेखि स्नेहाज केयरले सडकमा भोकभोकै भौँतारिएका कुकुर र छाडा पशु चौपयाको संरक्षण गर्दै आइरहेको छ ।
यो भैंसी बुधबार बिहान बुद्धनगर र शंखमुल क्षेत्रमा भौतारिँदै पसेको थियो । त्यसपछि बुद्धनगरस्थित स्कुलको कम्पाउण्डमा प्रवेश गरेको भैंसीलाई त्यसको तीन घण्टापछि डार्ट (लठ्याउने सूइ) प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रणमा लिएपछि स्नेहाज केयरको एम्बुलेन्समा भैंसीलाई उपचारका लागि लगेको हो । अहिले भैंसीको उपचार भइरहेको जनाइएको छ । स्नेहाज केयरका अनुसार भैंसीको शरिरमा धेरै नै चोटपटक लागेको छ ।
भैंसीमाथी हथौडा प्रहार भएको जनाइएको छ । र, यो भैंसी चोटपटकको पिडाबाट उम्किएर हिँडेको स्नेहाज केयरले जनाएको छ ।
स्नेहाज केयरको फेसबुक पेजमा लेखिएको छ, ‘एका बिहानै एउटा भैंसी बुद्धनगर क्षेत्रमा रुम्मलिँदै गरेको अवस्थामा फेला पर्दछ । त्राशले भरिएका उस्का आँखा र घाऊले भरिएको उसको शरीर र हतौंडाको प्रहारले उसको टाउकोमा लागेको चोटहरुले ऊ आफ्नो ज्यान जोगाउनका निम्ती बधशालाबाट भागेको भन्ने कुरा दर्शाउँछ ।’
स्नेहाज केयरले पशु हिंसा र पशु क्रुरताकोविरुद्ध आवाज उठाउन पनि अनुरोध गरेको छ । योसँगै भैंसीको उद्धारमा भूमिका खेल्नेहरुलाई धन्यावाद पनि दिएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया