NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कसरी हुन्छ फोक्सोमा क्यान्सर ?

एजेन्सी । क्यान्सरका चारवटा स्टेज हुन्छन् । पहिलो स्टेजलाई सुरु हुन लागेको स्टेज भन्ने गरिन्छ । दोस्रो स्टेजमा क्यान्सर फैलिन लागेको अवस्था हो । तेस्रो र चौथो स्टेजमा पूर्ण रुपमा क्यान्सर फैलिएको अवस्था हो ।

फोक्सोको क्यान्सर ६० प्रतिशत फैलिएको चौथो स्टेजमा पत्ता लाग्छ । फोक्सोको क्यान्सर पत्ता लागेको समयमा नै क्यान्सर फैलिसकेको हुन्छ । सामान्य खोकी लाग्ने, सास फेर्न गाह्राे हुँदा मानिसहरु उपचारका लागि तुरुन्तै अस्पताल नजाने अथवा सामान्य लक्षण हो निको भैहाल्छ भन्ने भ्रमका कारण धेरै जनाको तेस्रो र चौथो स्टेजको क्यान्सरका पुगिसकेका हुन्छन् ।

फैलिने र नफैलिने गरी क्यान्सर दुई प्रकारका हुन्छन् । जुन ठाउँबाट क्यान्सर सुरु भयो त्यस ठाउँबाट फैलिदै अन्य अंगहरूमा पनि फैलिदैं जाने क्यान्सर हो भने नफैलिने क्यान्सर जुन ठाउँमा अथवा अंगमा भएको हो त्यही ठाउँमा नै सिमित हुने गर्छ ।

फोक्सोको क्यान्सर फैलिएर कुन अंगमा गयो भन्ने कुरा त्यसका लक्षणहरुबाट पत्ता लाग्छन् । सामान्य रुपमा क्यान्सर फैलिने ठाउँ भनेको हाम्रो दिमाग हो । त्यसपछि हड्डीमा फैलिने गर्छ, विशेषगरी मेरुदण्डको हड्डीमा, कलेजोमा पनि फैलिन्छ र एड्रिनल ग्रन्थिमा फैलिने सम्भावना बढी हुन्छ ।

यदि फोक्सोको क्यान्सर टाउकोमा पुग्याे भने टाउकाे दुख्ने, रिंगटा लाग्ने, बिहान उठ्नासाथ बान्ता हुने जस्ता लक्षणहरू देखिन्छन्  त्यसैगरी, हड्डीमा गयो भने मेरुदण्डको हड्डिमा दुखाई बढी हुने गर्दछ । यो साधारण रुपमा कम्मर दुखेको जस्तो दुखाइ होइन । मेरुदण्डमा दुखाइ हुँदा पेन किलर ट्याब्लेट खाए पनि ठिक हुँदैन ।

फोक्सोको क्यान्सर सरेर फेरि कलेजोमा पुग्याे भने भोक कम लाग्ने, पेटको दायाँतिर दुख्ने जस्ता लक्षणहरु देखा पर्छन् । ४० प्रतिशत घटनामा फोक्सोको क्यान्सर फोक्सोमा नै सिमित हुने गर्छ र लक्षणहरु देखिन थाल्छन् ।

फोक्सोमा सिमित भएको क्यान्सर फोक्सोको कुन ठाउँमा भएको छ त्यसमा भर पर्छ । कतिपयको फोक्सोको भित्री भागमा क्यान्सर हुने गर्दछ भने कसैको बाहिरी भागमा हुन्छ । यदि तपाईलाई फोक्सोको भित्री अथवा बीच भागमा क्यान्सर भयो भने खोकी लाग्ने तर, खोकीको औषधी खाएर त्यसले निको भने हुँदैन ।

सुख्खा खोकी लाग्ने, खोकीमा कहिलेकाहीं रगत देखिने अथवा खकारमा रगत देखिने हुन्छ । फोक्सोकाे बाहिरी भागमा म्युकोसा भन्ने झोल पदार्थ हुन्छ । फोक्सोको बाहिर भागमा करिब दुई लिटर पानी जम्मा भएको हुन्छ । फोक्सोको क्यान्सरले हामीले बोल्ने नसालाई पनि छुन्छ वा नसा च्यापिन्छ । नसा च्यापिएपछि हामी बोल्न सक्दैनौं । यदि बोले पनि आवाज लटपटिन्छ ।

फोक्सोको भित्री भागमा भन्दा बाहिरी भागमा क्यान्सर छिटो फैलिन्छ । त्यसैगरि फोक्सोको क्यान्सर बाहिरी भागमा छ भने सास फेर्दा छाती दुख्ने, सास फेर्न गाह्रो हुने यस्ता लक्षणहरु देखिन्छन् ।

यदि फोक्सोको माथिको भागमा क्यान्सर भयो भने जहाँ क्यान्सर भएको छ त्यो ठाउँमा सुन्निएको र अनुहार पनि सुन्निएको देखिन्छ । हात झमझमाउने, हात उठाउन नसक्ने हुन सक्छ ।

के कारणले हुन्छ फोक्सोमा क्यान्सर ?
१) चुरोट सेवनले फोक्सोमा क्यान्सर देखिन सक्छ ।
२) बंशाणुगत गुणका कारण ।
३) क्यामेस्ट्रि ल्याबहरुमा काम गर्ने क्रममा एस्पिस्टोस नामक केमिकलको असरले पनि फोक्सोमा क्यान्सर हुन सक्छ
४) रेडिएसन ल्याबहरुमा काम गर्दा पनि क्यान्सरको जोखिम हुन्छ ।

यदि क्यान्सर भएको पहिलो स्टेज अथवा दोस्रो स्टेजमा पत्ता लाग्यो भने जुन अङ्गमा क्यान्सर लागेको छ त्यहाँबाट अन्य अङ्गमा फैलिन नदिनका लागि त्यसलाई काटेर फाल्न सकिन्छ । क्यान्सरकाे लास्ट स्टेजमा रहेका विरामीहरुलाई किमो थेरापी, रेडिएसन, मेडिसियन जस्ता उपचारका विधिहरु अवलम्बन गरेर एक वर्ष बाच्ने बिरामीलाई केही हदसम्म बाच्न सक्ने गराउन सकिन्छ ।