शनिबार काठमाडौं र ललितपुरमा साढे आठ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने भन्दै नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेको छ ।
टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के-थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म विद्युत् प्रभावित हुनेछ ।
प्राधिरकरणले जारी गरेको सूचनामा लेखिएअनुसार विद्युत आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरहरुमा वैकल्पिक व्यवस्था समेत गरिएको छ ।
सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने जानकारी दिएको छ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया