NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

आत्महत्यासम्बन्धी केही भ्रम र यर्थाथ 

काठमाडाैं ।  सामान्य अर्थमा भन्नुपर्दा आत्महत्या आफ्नो जीवन अन्त्य गर्ने उदेश्यले गरिएको कार्य स्वरुव मृत्युवरणको अवस्था हो ।

विश्वव्यापी तथ्यांक हेर्दा  विश्वमा वर्षेनी ७ लाख व्यक्तिले आत्महत्याबाट ज्यान गुमाउँछन् । यसले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुने अध्ययनमा देखिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि आर्थिक वर्ष ०७९/ ८० मा आत्महत्या गर्नेकाे संख्या ६ हजार ९९३ रहेको नेपाल प्रहरीको तथ्यांक छ ।

नेपालमा कोभिड तथा भुकम्पपछि यसको संख्या बढेको छ । म्याटरनल मोरबिलिटी एण्ड मोरटालिटी अध्ययनका  अनुसार नेपालमा बच्चा जन्माउने उमेरका महिलाहरुमा मृत्युको प्रमुख कारण आत्महत्या देखिएको छ ।

आत्महत्या सम्बन्धी विभिन्न भ्रम हाम्रो समाजमा व्याप्तसँग फैलिएको छ । जानाैं केही भ्रम र यर्थाथ :

भ्रम

आत्महत्याबारे कुरा गर्ने व्यक्तिले आत्महत्या गदैन् ।
आत्महत्या गर्न चाहने मानिस जसरी पनि आत्महत्या गर्छन् ।
आत्महत्या संकेत बिना नै हुन्छ ।
आत्महत्या रोकथाम गर्न सकिदैन् ।
कुनै व्यक्तिले एकपटक आत्महत्या गर्न चाहेमा पछि पनि गर्न खोज्छ ।
आत्महत्यासम्बन्धी बोल्दा वा सोध्दा त्यसको जोखिम बढ्न सक्छ ।

यथार्थ

आत्महत्या गर्ने प्राय मानिसले त्यसको बारेमा कुरा गर्ने गर्छन् ।
आत्महत्या गर्न चाहने व्यक्तिमा त्यो सोच क्षणिक हुन्छ ।
आत्महत्या गर्नेहरुले प्राय आत्महत्याको बारेमा संकेत दिएका हुन्छन् ।
आत्महत्या रोकथाम गर्न सकिन्छ ।
आत्महत्यासम्बन्धि जिज्ञासा राख्दा जोखिम बढ्नुको सट्टा बिरामीले आफूलाई राहत महसुस गर्न सक्छ भने त्यसबाट जोगिन सक्छ ।

(आत्महत्या वा आत्महानिको सोच आएमा निःशुल्क राष्ट्रिय हेल्पलाइन नम्बर ११६६ मा फोन गरी परामर्श लिन सकिन्छ ।)