पुटिन भेट्न जाँदै उन
काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन यहि महिना भित्रै रुस जाने भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनबीच जारी युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले हतियार दिन सक्ने सम्भावनाबारे छलफल गर्ने जनाइएको छ ।
एकजना अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार समाचार संस्था सीबीएसलाई बताएअनुसार उनीहरूको भेट ठ्याक्कै कहाँ हुनेछ भन्ने स्पष्ट भइसकेको छैन ।
अन्य अमेरिकी समाचार संस्थाहरूमा पनि आएका विवरणहरूबारे उत्तर कोरिया वा रुसले तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन् ।
न्यूयोर्क टाइम्सले सूत्रहरूलाई उद्धृत गर्दै किम जङ् अन अस्त्रले जडित बख्तरबन्द किसिमको रेलबाट यात्रा गर्ने धेरै सम्भावना रहेको बताएको छ । उत्तर कोरियाको सुदूर उत्तरपूर्वी क्षेत्रको सिमाना रुससँग जोडिएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन कर्बीले रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले उनको हालैको उत्तर कोरिया भ्रमणमा प्योङ्याङलाई हतियार बेच्न मनाउने कोसिस गरेको बताएका छन् ।
न्यूयोर्क टाइम्सले दुई नेताको भेट रुसको पूर्वी तटको बन्दरगाह सहर भ्लादिभोस्तोकमा हुनसक्ने जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया