पुटिन भेट्न जाँदै उन

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन यहि महिना भित्रै रुस जाने भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनबीच जारी युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले हतियार दिन सक्ने सम्भावनाबारे छलफल गर्ने जनाइएको छ ।
एकजना अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार समाचार संस्था सीबीएसलाई बताएअनुसार उनीहरूको भेट ठ्याक्कै कहाँ हुनेछ भन्ने स्पष्ट भइसकेको छैन ।
अन्य अमेरिकी समाचार संस्थाहरूमा पनि आएका विवरणहरूबारे उत्तर कोरिया वा रुसले तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन् ।
न्यूयोर्क टाइम्सले सूत्रहरूलाई उद्धृत गर्दै किम जङ् अन अस्त्रले जडित बख्तरबन्द किसिमको रेलबाट यात्रा गर्ने धेरै सम्भावना रहेको बताएको छ । उत्तर कोरियाको सुदूर उत्तरपूर्वी क्षेत्रको सिमाना रुससँग जोडिएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन कर्बीले रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले उनको हालैको उत्तर कोरिया भ्रमणमा प्योङ्याङलाई हतियार बेच्न मनाउने कोसिस गरेको बताएका छन् ।
न्यूयोर्क टाइम्सले दुई नेताको भेट रुसको पूर्वी तटको बन्दरगाह सहर भ्लादिभोस्तोकमा हुनसक्ने जनाएको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया