आइजिपीसहित उच्च प्रहरी अधिकारी किन जाँदैछन् कोरिया ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारी सोमबार कोरिया भ्रमणमा जाने भएका छन्।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को निमन्त्रणामा प्रहरीको जम्बो टोली साइबर सुरक्षाको क्षेत्रमा कोरियाको प्रहरीले गरेको कामको विषयमा बुझ्न भ्रमणमा जान लागेको हो।
महानिरीक्षक नेतृत्वको टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकाराज खनाल र फणिन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल छन्। गृह मन्त्रालयका केही कर्मचारीलाई पनि टोलीमा राखिएको छ ।
प्रतिक्रिया