१८८ घण्टापछि ईःलाई भेट्न पुगिन् महानगरपालिकाकी उपमेयर सुनिता

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उप प्रमुख (उपमेयर) सुनिता डंगोलले फुटपाथ व्यवसायीको उचित व्यवस्थापनको माग राख्दै विरोधमा उत्रिएका सामाजिक अभियन्ता ईःलगायतलाई भेटेकी छन् ।
काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरको कार्यालय रहेको राष्ट्रियसभा गृह अगाडि उभिएर विरोध प्रदर्शन गरिरहेका ईःलाई मंगलबार बिहान उपमेयर डंगोलले भेटेकी हुन् ।
भेटमा उपमेयर डंगोलले फुटपाथ व्यवसायीहरूलाई विकल्प उपलब्ध गराउन आफू सकारात्मक भए पनि सीमित भूमिका रहेको बताएको ईःले जनाएका छन् ।
विकल्पबिनै फुटपाथ व्यवसायीलाई हटाइएकाले विकल्प उपलब्ध गराउनुपर्ने माग राखेर ईः निरन्तर १८८ घण्टादेखि उभिरहेका छन् ।
यसअघि मेयर बालेन शाहले ईःसँग वार्ताका लागि समय माग गरे पनि उपलब्ध नगराएको बताएका थिए । तर ईःले बालेनले भेटका लागि चासो प्रकट नगरेको भन्दै उनको भनाइको खण्डन गरेका छन् ।
प्रतिक्रिया