NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० मंसिर १६ गते

नेपाल एसबिआई बैंकलाई ठगी गरेको आरोपमा व्यवसायी पक्राउ

काठमाडौं । नेपाल एसबिआई बैंकलाई ठगी गरेको आरोपमा थांका व्यवसायी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले नयाँबजारस्थित ड्रागन इन्भेष्टमेन्ट प्रालिका सञ्चालक किसन राज सिंहलाई पक्राउ गरेको हो ।

उनले पोइन्ट अफ सेल्स मेसिनबाट ह्याक गरिएका कार्डमार्फत कारोबार गरेर बैंकलाई ठगी गरेको प्रहरीले जनाएको छ । एसबिआई बैंकले उनीविरुद्ध एक करोड ६८ लाख ८१ हजार ठगी भएको उजुरी दिएको हो ।

सिआइबीले बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाएको छ । यूरोपका विभिन्न देशका ग्राहकहरुको कार्डमार्फत अवैध रुपमा भुक्तानी भएको सिआइबी अनुसन्धानमा खुलेको छ ।