टेलिभिजन बहसमा अतिथिले हानाहान गरेपछि…
एजेन्सी । पाकिस्तानको निजी टेलिभिजन च्यानल ‘एक्सप्रेस न्युज’ को ‘प्राइम टक सो’ मा अतिथि बनेर आएकाहरूबीच हानाहान भएको छ ।
टक सो कै बीच हानाहान भएको एक भिडियो अहिले पाकिस्तानको सोसल मिडियामा भाइरल बनेको छ ।
बीबीसी उर्दुले जनाएको अनुसार पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन का सिनेटर डा. अफनानुल्लाह खान) र पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) कोर कमिटी सदस्य एवं अधिवक्ता शेर अफजल खानबीच कार्यक्रमकै बीच हानाहान भएको हो ।
सोसल मिडिया प्रयोगकर्ताहरूले कुटाकुट घटनाको आलोचना गर्दै कार्यक्रम सञ्चालककै गल्ती देखाएका छन् । कार्यक्रम वरिष्ठ पत्रकार जावेद चौधरीले होस्ट गरेका थिए ।
जावेदको कार्यक्रममा यस्तो झगडा भएको पहिलो पटक भनेहोइन । यसअघि जुन २०२१ मा तत्कालीन पीटीआई नेता फिरदोस आशिक अवानले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का नेता कादिर मण्डुखेललाई थप्पड हानेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया