NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

जवाफदेहीता नभएपछि पशु ढुवानी मापदण्ड कार्यान्वयनमा आएन – श्रेष्ठ

काठमाडौं । स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले जिम्मेवार निकायको जवाफदेहीताको कमीका कारण पशु ढुवानी मापदण्ड कार्यान्वयनमा नआएको बताएकी छिन् । योसँगै व्यवस्थाप्रतिको अविश्वास पनि उत्तिकै जिम्मेवार भएको उनको भनाई छ ।

आज पशु कल्याण र पशु ढुवानी मापदण्डको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उक्त मापदण्डको दस्तावेज तयार भएर आएको वर्षौं बितिसक्दा पनि कार्यान्वयवनमा नआउनुमा पर्याप्त पूर्वाधार, कानुन र जनशक्तिको अभाव रहेको उनले औंल्याएकी छिन् ।

त्यससम्बन्धी मापदण्डमा उल्लेख भएका व्यवहारिक पक्षको कार्यान्वयन गर्न र अव्यवहारिक कुराको परिवर्तन गर्न उनको सुझाव छ ।

यसका लागि आवश्यक सहकार्य र समन्वयका लागि आफू र स्नेहाज केयर पनि तयार रहेको उनको भनाई छ । ‘हामीले यस्ता किसिमको उदाहरणीय मापदण्डहरूको प्रभावकारी कार्यान्वयन गर्नसकेमा पशुकल्याण सुनिश्चित हुने र पशु कल्याणप्रति प्रतिवद्ध समुन्नत समाज निर्माणमा टेवा पुग्ने विश्वास लिएका छौं,’ उनले भनिन् ।

सरकारले ढुवानीलाई व्यवस्थित गर्ने उद्देश्यले पशु स्वास्थ्य तथा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६(दोस्रो संसोधन, २०६४) ले दिएको अधिकारअनुसार पशु ढुवानी मापदण्ड, २०६४ जारी गरेको छ ।

सो मापदण्डको प्रभावकारी कार्यान्वयन नभएको बताउँदै श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले आगामी दिनमा पशु सेवा विभागसँगको सहकार्यले आगामी दिनमा पशु कल्याणको स्थापनाको आफ्नो अभियानले पनि सार्थकता पाउने विश्वास व्यक्त गरेकी छिन् ।

मापदण्डमा पशुलाई ढुवानी गर्ने तरिका, ढुवानी गर्दा अपनाउनुपर्ने सावधानी, पैदल ढुवानी गर्दा अपनाउनुपर्ने कुराहरु, ढुवानीको समयमा विश्रामको व्यवस्था, हिंडाउने मौसम र समय, ढुवानी गर्ने सवारी साधनमा राख्नुपर्ने सामग्रीहरु, ढुवानी गर्दा पशुलाई बाँध्न नहुने, अस्वभाविक रुपमा शरीर, नाक, डोरी,पूच्छर वा खुट्टामा बाँध्न नुहुने, ढुवानी गर्ने यातायातको साधन सम्बन्धी मापदण्ड, ढुवानीका समयमा दानपानी र पशुको स्याहारको व्यवस्था, तातो चिसोबाट बचाउनुपर्ने, डिक्की वा गाडिको छतमा ढुवानी गर्न नपाईनेतथा सुपरिवेक्षण तथा अनुगमनको व्यवस्थाका सम्बन्धमा समेत उल्लेख गरिएको छ ।

पशु सेवा विभागको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रममा विभागका महानिर्देशक डा उमेश दाहालसहित विभागका अन्य अधिकारीको पनि उपस्थिती थियो ।

विश्व पशुपन्छी दिवसको अवसरमा गत ११ देखि १७ असोजसम्म ‘साना ठूला जनावर, मयाा गरौं बराबर’ भन्ने नारासहित यो सप्ताहव्यापी कार्यत्रलम सञ्चालन भइरहेको छ ।