NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपालको प्रशासनिक संरचना जनमैत्री बनाउन के कस्ता सुधार आवश्यक छ ? 

काठमाडाैं ।  नेपालको प्रशासनिक संरचनालाई सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी बनाउनु आजको आवश्यकता हो । प्रशासनले जनतालाई केन्द्रविन्दूमा राखेर सेवा प्रवाह गर्नु पर्दछ यो नै उसको पहिलो कर्तव्य हो ।

नेपालको प्रशासनिक संरचना अपेक्षित जनमैत्री नभएको गुनासाहरु छन् । अतः नेपालको प्रशासनिक संरचना जनमैत्री बनाउन निम्न सुधार आवश्यक छ :

१) संगठनको पुनसंरचना 

सेवाको आवश्यकता पहिचानको आधारमा संगठनको पुनसंरचना गर्नुपर्दछ । सबै प्रान्त वा भौगोलिक क्षेत्रमा उस्तै कार्यालय आवश्यक पर्दैनन् ।

२) आवश्यक्तामा आधारित पद र कार्य जिम्मेवारी 

नागरिकहरुलाई के-कस्ता सेवा आवश्यक पर्छन र ती सेवा पु-याउन के कस्तो योग्यता, दक्षता, क्षमता भएका कर्मचारी चाहिन्छन् सोही आधारमा पदहरुको वर्गिकरण र कार्य जिम्मेवारी दिनु पर्दछ ।

३) संस्थागत क्षमता अभिवृद्धि 

सार्वजनिक प्रशासनिक निकायहरुलाई प्रविधि मैत्री, श्रोत साधन युक्त बनाउनु पर्दछ । नियम–कानून कार्यविधिमा समय सापेक्ष सुधार गर्नुपर्दछ ।

४) क्षमता अभिवृद्धि 

सेवा प्रवाह गर्ने कर्मचारीलाई ज्ञान/सिप प्रदान गर्न तालीम/शिक्षा आवश्यक पर्दछ । सक्षम कर्मचारीले मात्र जनतालाई आवश्यक पर्ने सेवा प्रवाह गर्न सक्छ ।

५) नागरिक संलग्नता 
सार्वजनिक निकायबाट प्रदान हुने सेवा वितरणमा नागरिक संलग्नताले सेवालाई पारदर्शीका साथै जवाफदेही बनाउनुपर्छ । जस्तो : औषधी वितरण, चामल वितरण, प्रकोपको समयमा राहत वितरण, खोप सेवामा संलग्नता, वन संरक्षण, सरसफाई, विकास निर्माणमा संलग्नता ।

६) नागरिक मूल्यांकन प्रणाली 

कर्मचारीले गरेका कार्यको मुल्यांकन प्रणालीमा सेवाग्राहीको भूमिका अभिवृद्धि गर्नुपर्दछ । यसबाट कर्मचारीलाई जनताप्रति प्रत्यक्ष जवाफदेही हुन कर लाग्दछ ।

७) प्रोत्साहन प्रणाली 

प्रशासनलाई जनमैत्री बनाउन कर्मचारीले गर्ने काम र दिने सेवाको आधारमा Performance Based Pay (PBP), Performance Based Incentives (PBI), Performance Based all owencess (PBA), Performance Based Reward (PBR) लागु गर्नुपर्दछ ।

८) समन्वय/अन्तरसम्बन्ध 

प्रशासनिक संरचना बीचमा सञ्चार सञ्जाल कायम गरी समन्वयात्मक ढंगबाट सेवा प्रवाह गर्ने र विकास निर्माणका कार्य गर्न सक्ने बनाउनु पर्दछ । यसबाट सेवा प्रभावकारिता बढ्नुका साथै स्रोतसाधन पनि कम खर्च हुन्छ ।

९) स्थानीय तहमा हस्तान्तरण 

नागरिक मैत्री प्रशासनको स्थापनाका लागि जनसेवा र विकासका कार्यहरु स्थानीय तहमा हस्तान्तरण गर्न आवश्यक हुन्छ । यसबाट जनताले छिटो र सजिलो ढंगबाट सेवा प्राप्त गर्न सक्दछन् ।

प्रशासनिक संरचनामा गरिने उपरोक्त सुधारमा नेपालको सार्वजनिक प्रशासनलाई जनमैत्री बनाउन मद्दत पु-याउँछ ।