एप्पलका सिइओ कुकले किन गरे चीन भ्रमण ?

एजेन्सी । एप्पल कम्पनीका प्रमुख टिम कुकले यसै साता अचानक चीनको भ्रमण गरेका छन् ।
आफ्नो सबैभन्दा ठूलो बजारमा कम्पनीको फोनको विक्रीमा कमी आएपछि उनको चीन भ्रमण भएको बताइएको छ । विबो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो खातामा सोमबार राखिएको पोस्टमा कुकले चेङ्दुमा रहेको एप्पलको ताइकु लि स्टोरमा गएर ‘अनर अफ किङ्ग्सका’ युवा खेलाडीहरूलाई भेटेको बताए ।
चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टद्वारा प्रकाशित अनलाइन ब्याटल एरेना विश्वको सबैभन्दा बढी खेलिने मोबाइल गेममध्येको एक हो । ‘आज राति ऊर्जा चार्टभन्दा बाहिर थियो’, कुकले लेखेका छन्, ‘अनर अफ किङ्ग्स यहाँ चेङ्दुमा सुरु भयो र यो अब एप स्टोरमा विश्वव्यापी रूपमा रहेको छ ।’
‘यो खेलले नयाँ मानक राख्छ, यो चीन र विश्वभर लोकप्रिय छ’, उनले सरकारी अखबार चाइना डेलीलाई भने ‘तपाईँ देख्नु सक्नुहुन्छ खेलप्रति मानिसमा कति लगाव छ र उत्साहित छन्, हेर्दा राम्रो लाग्यो ।’
सन् १९९३ मा एप्पलले पहिलो पटक चीनमा आफ्नो उपस्थिति स्थापित गरेपछि चीनमा स्मार्टफोन, ल्यापटप र उपभोक्ता इलेक्ट्रोनिक्सका सामानहरूको प्रमुख प्रदायकका रूपमा विकसित भएको छ ।
गत मार्चमा बेइजिङ भ्रमणका क्रममा एप्पलका सीइओ कुकले आफ्नो कम्पनीले चीनसँग ‘पारस्परिक’ सम्बन्ध कायम गरेको बताएका थिए। तर गत वर्ष चीनको शून्य कोभिड नीतिका कारण एप्पलका कारखानामा उत्पादनमा भएको कमीले विक्रीमा प्रभावित हुँदा हालैका वर्षमा एप्पलले चीनमा संघर्ष गर्नुपरेको छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया