NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

गैरआवासीय नेपालीले पाउन थाले नागरिकता, यसरी गर्न सकिन्छ नाम दर्ता

काठमाडौं । संविधान जारी भएको आठ वर्षपछि संवैधानिक व्यवस्थाअनुसार गैरआवासीय नेपाली (एनआरएन)लाई नागरिकता वितरण थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा दुई एनआरएनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

संविधान जारी भएको आठ वर्षपछि संवैधानिक व्यवस्थाअनुसार गैरआवासीय नेपाली (एनआरएन)लाई नागरिकता वितरण थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा दुई एनआरएनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

विदेशमा रहेका नेपाली नागरिकले अब नेपालमा हुने निर्वाचनमा सहभागी हुन लागि अनलाइनमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने भएका छन् । विदेशमा रहेका नेपाली नागरिकको मतदाता दर्ता तथा अद्यावधिक कार्यविधि, २०८० को मस्यौदाअनुसार उनीहरूले अनलाइनमार्फत नामावली दर्ता गराउन चाहेमा निर्वाचन आयोग वा सम्बन्धित कूटनीति नियोगको वेबसाइटमा रहेको अनलाइन मतदाता नामावली फाराम भर्नुपर्नेछ ।

फाराम भर्न इच्छुक नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकतामा उल्लेखित ठेगानाभन्दा ठेगानामा नाम दर्ता गराउन चाहेमा त्यस्तो स्थानमा बसाइँसराइ गरी आएको प्रमाणपत्र वा विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र, सम्बन्धित देशका लागि प्राप्त गरेको प्रवेशाज्ञा वा श्रम स्वीकृति, स्वघोषणापत्र समावेश गर्नुपर्नेछ । त्यस्तै, जैविक विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्नुपर्नेछ ।

संघीय कानुनबमोजिम हुने निर्वाचनका लागि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्याधिक गर्ने कार्यलाई व्यवस्थित र कार्यविधिगत व्यवस्था गर्न आवश्यक भएको मतदाता नामावली ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यो कार्यविधि बनाएको हो । कार्यविधिको मस्यौदाअनुसार आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि मुलुक तोक्न सक्नेछ । आयोगले मुलुक तोक्दा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न सक्नेछ । आयोगले मतदाता नामावली संकलनका लागि सम्बन्धित कूटनीतिक नियोगलाई दर्ता केन्द्र तोक्न सक्नेछ । तर, मुलुक तथा दर्ता केन्द्र तोकेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष