NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

घट्यो १४ बैंकको व्याजदर, कसको कति ?

काठमाडौं । १४ वाणिज्य बैंकले व्याजदर समीक्षा गर्दै घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये दुईको व्याजदर बढेको छ भने चार बैंकले कात्तिक महिनाका लागि व्याजदर स्थिर राखेका छन् ।

कात्तिकका लागि एभरेस्ट बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत, संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत र प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ १० दशमलव २५ प्रतिशत र संस्थागततर्फ ८ दशमलव २५ प्रतिशत ब्याजदर तोकेका छन् ।

नबिल बैंकले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १० दशमलव शून्य १ प्रतिशत र संस्थागततर्फ ८ दशमलव शून्य १ प्रतिशत ब्याजदर तय गरेको छ ।

प्रभु बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत, ग्लोबल आईएमई बैंकले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

कृषि विकास बैंकले व्यक्तिगततर्फ ९ दशमलव ७६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ७६ प्रतिशत ब्याजदर कायम गर्दा कुमारी बैंकले व्यक्तिगततर्फ १० दशमलव शून्य १ प्रतिशत र संस्थागततर्फ ८ दशमलव शून्य १ प्रतिशत ब्याजदर लागू गरेको छ । उता सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९ दशमलव ९६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९६ प्रतिशत ब्याजदर तोकेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५ प्रतिशत, नेपाल बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगततर्फ ११ दशमलव शून्य ३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव शून्य ३ प्रतिशत, एनआईसी एसिया बैंकले व्यक्तिगततर्फ ११ दशमलव शून्य ३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव शून्य ३ प्रतिशत व्याजदर निर्धारण गरेका छन् ।

चार वटा बैंक सिद्धार्थ, माछापुच्छे, लक्ष्मी र राष्ट्रिय वाणिज्य बैंकले भने व्याजदर स्थिर राखेका छन् ।

अन्य बैंकले व्याजदर घटाउँदा नेपाल एसबीआई बैंकले भने बढाएको छ ।

विगतमा नेपाल बैंकर्स संघले व्याजदर निर्धारण गर्दै आएको थियो । यस पटक भने बैंक आफैंले यसबारे निर्णय लिएका हुन् ।