घट्यो १४ बैंकको व्याजदर, कसको कति ?
काठमाडौं । १४ वाणिज्य बैंकले व्याजदर समीक्षा गर्दै घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये दुईको व्याजदर बढेको छ भने चार बैंकले कात्तिक महिनाका लागि व्याजदर स्थिर राखेका छन् ।
कात्तिकका लागि एभरेस्ट बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत, संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत र प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ १० दशमलव २५ प्रतिशत र संस्थागततर्फ ८ दशमलव २५ प्रतिशत ब्याजदर तोकेका छन् ।
नबिल बैंकले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १० दशमलव शून्य १ प्रतिशत र संस्थागततर्फ ८ दशमलव शून्य १ प्रतिशत ब्याजदर तय गरेको छ ।
प्रभु बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत, ग्लोबल आईएमई बैंकले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
कृषि विकास बैंकले व्यक्तिगततर्फ ९ दशमलव ७६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ७६ प्रतिशत ब्याजदर कायम गर्दा कुमारी बैंकले व्यक्तिगततर्फ १० दशमलव शून्य १ प्रतिशत र संस्थागततर्फ ८ दशमलव शून्य १ प्रतिशत ब्याजदर लागू गरेको छ । उता सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९ दशमलव ९६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९६ प्रतिशत ब्याजदर तोकेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५ प्रतिशत, नेपाल बैंकले व्यक्तिगततर्फ ९ दशमलव २२ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगततर्फ ११ दशमलव शून्य ३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव शून्य ३ प्रतिशत, एनआईसी एसिया बैंकले व्यक्तिगततर्फ ११ दशमलव शून्य ३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव शून्य ३ प्रतिशत व्याजदर निर्धारण गरेका छन् ।
चार वटा बैंक सिद्धार्थ, माछापुच्छे, लक्ष्मी र राष्ट्रिय वाणिज्य बैंकले भने व्याजदर स्थिर राखेका छन् ।
अन्य बैंकले व्याजदर घटाउँदा नेपाल एसबीआई बैंकले भने बढाएको छ ।
विगतमा नेपाल बैंकर्स संघले व्याजदर निर्धारण गर्दै आएको थियो । यस पटक भने बैंक आफैंले यसबारे निर्णय लिएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया