पार्कमा रहेको तालमा डुबेर पाँच बालबालिकाको मृत्यु
केन्या । पश्चिमी केन्याको उसिन गिशु काउन्टीस्थित एक लोकप्रिय मनोरञ्जन पार्कमा मनोरञ्जनका लागि बनाइएको तालमा घुम्ने क्रममा शनिबार डुङ्गा पल्टिँदा केन्याका पाँच बालबालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार अराप मोई प्राथमिक विद्यालयका विद्यार्थी र उनीहरूका शिक्षकहरू मानव निर्मित बाँधमा डुङ्गा यात्राका लागि पार्कमा गएका थिए । डुङ्गा दुर्घटना स्थानीय समय अनुसार शनिबार साँझ ५ बजेतिर भएको थियो ।
प्रहरीका अनुसार आक्रोशित अभिभावकले पार्कको लापर्बाहीका कारण आफ्ना छोराछोरीको मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि उक्त क्षेत्रमा थप तनाव सिर्जना भएको छ ।
प्रहरीका अनुसार सोमबारदेखि सुरु हुने परीक्षाको तयारी पूर्व दिमागी तनाव कम गर्न विद्यार्थीहरू मनोरञ्जन पार्कमा पुगेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया