पाकिस्तानमा दुई आतंककारीको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचरमा आधारित सैन्य कारबाहीमा दुई जना आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले विज्ञप्तिमार्फत बताएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले आतङ्कवादीहरू लुकेर बसेको प्रान्तको चित्राल जिल्लाको उर्सन क्षेत्रमा कारबाही सञ्चालन गरिएको बताएको छ ।
कारबाहीका क्रममा सुरक्षा बल र आतङ्ककारीबीचको गोली हानाहानमा दुई आतङ्ककारी मारिएको र अन्य घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया